• आइसोलेसन अस्पतालमा उपचाररतः दुई पुरूषको मृत्यु

    आइसोलेसन अस्पतालमा उपचाररतः दुई जनाको बुधबार बिहान मृत्यु भएको छ।

    यहि साउन २५ गते अस्पतालमा भर्ना भएका ४५ वर्षीय र मंगलबार भर्ना भएका २५ वर्षका दुईजना पुरुषको मृत्यु भएको हो।

    लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कोरोना फोकल पर्सन डाक्टर सुदर्शन थापाका अनुसार दुबैजनाको बुटवल धागो कारखाना स्थित आईसियुमा भेन्टिलेटरमा उपचार हुँदै आएको थियो।

    दुबै जना अस्पतालमा भर्ना भएदेखि नै भेन्टिलेटरमा रहेको डाक्टर थापाले जानकारी दिए। मृतक दुबै जना कपिलवस्तुका हुन्।

    मृतकमध्ये ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपनि २५ वर्षीय पुरुषको भने मंगलबार स्वाव संकलन गरिएकोले रिपोर्ट आइनसकेको डाक्टर थापाले बताएका छन्।

    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

    • 0
    • खुसी

    • 0
    • अचम्मित

    • 0
    • दुःखी

    • 0
    • आक्रोशित

    • 0
    • यस्तै हो

    • 0
    • मन पर्‍यो

    नेपालमा मृतकको संख्या ८५ पुग्यो

    • २०७७ श्रावण २८ गते, बुधबार ०९:२९

    पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। ३८ वर्षीय संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा विष्णु शर्माले जानकारी दिए।

    काभ्रेमा पाँच प्रहरीसहित थप छजनामा कोरोना

    • २०७७ श्रावण २४ गते, शनिबार १६:०६

    काभ्रेमा पाँचजना प्रहरीसहित थप छजनामा कोरोना संक्रमण पुष्टि भएको छ । बनेपा नगरपालिकाको जनागालमा रहेको संघीय प्रहरी इकाइ जनागालमा कार्यरत् पाँच प्रहरीमा कोरोना संक्रमण पुष्टि

    काठमाडौंमा भूकम्पको धक्का

    • २०७७ श्रावण २१ गते, बुधबार १७:०६

    काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापद केन्द्रका अनुसार बुधबार पहराह्न साढे ४ बजे ३ .५ रेक्टरस्केलको भूकम्प गएको हो ।