• कमाउधन्धा बचाउन अदालत मा गुहार !

    प्रभा स्कुल र क्याम्पसमाथि प्रतिशोध
    रु एकलाख पचासी हजार बिद्यालयलाई फिर्ता दिन पुर्व अध्यक्ष भलाराज गिरीको आनाकानी :

    काभ्रे, अशोज २२ – काभ्रे चौरी देउराली गाउँपालिका वडा नं ६ मा बन्दै गरेको कृषि उपज केन्द्रको भवन निर्माणमा बिद्याललाई जोडेर प्रकाशित अनलाइनका समाचारहरुमा कुनै सत्यता नरहेको अध्यक्ष तेज पन्तले एकता पोष्टलाई जानकारी दिएका छन । यस बिषयमा आज एकता पोष्टसँग गरिएको छोटो कुराकानीमा भनेका छन,

    यस बिद्यालयको अध्यक्ष भए देखिनै पुर्वअध्यक्ष लगायत दक्षिण पन्थी शक्ति र प्रवृत्ति म र मेरो टिम स्कुल र क्याम्पसको बिरुद्दमा निरन्तर लागिरहेको र शैक्षिक तथा भौतिक रुपमा नमुना विद्यालयको निर्माण र क्याम्पस प्रतिको पूर्वाग्रही सोचले ग्रसित अभिवाबकबाट तिरस्कृत भएका झुण्ड सग निरन्तर विभन्न रुपमा हिजोदेखिनै टकराब भैरहेको जानकारी दिनु भयो।

    २०१० सालमा निर्मित प्रभाको पुरानो भवन भकाउने सर्तमा अध्यक्ष भएका भलाराज गिरीले विद्यालयका पुर्व सस्थापकहरु, क्याम्पसका सस्थापकहरु र शिक्षक तथा प्रधनाध्यापकलाई अत्यन्तै अपमानित गरे पछि त्यहाको अभिभावकहरुले पुन : स्कुलको अध्यक्ष नबनाउने अबस्था देखेपछि भागि हिडेको र अहिले प्रशोधपुर्ण काम गरेको समेत जानकरी दिनुभएको छ।

    एक स्थानीय भुक्तभोगी भन्छ्न विभिन्न पार्टी ( दल ) फेर बदल, छेपारो प्रवृत्ति अपनाई आफ्नो स्वार्थपुर्ती गर्ने गरेको र स्कुल लाई मुद्दामामिला लगाई २०४६ साल अघि जनतालाई दु:ख दिने मण्डले जस्तै जाली-फटाहको कार्य गर्ने गरेको बताउनुभयो ।
    हिजो पनि स्थानीय सोझा जनतालाई झुठो मुद्दा दिएर फसाउने गरेको, स्थानीय दलित माथी ज्यादती गरेको र कम्युनिस्ट लाई आफैं ले बन्दुक समेत पड्काएर तर्साउने गरेको घट्ना सम्झन्छ्न ऊनी ।
    माओवादि को जनयुद्ध शुरुआत पछि गाउँ छोडी सहर भागेको कुरा सुनाउछन् ।

    पुर्व अध्यक्ष भलाराज गिरीले बिद्यालयलाई तिर्नुपर्ने नगद १८५०००/- अक्षरेपी ( रु एकलाख पचासी हजार ) नतिरेको तथा पटक पटक तिर्न आग्रह गर्दा अपशब्द प्रयोग गर्ने, धम्क्याउने कार्य समेत गरेको साथै बिद्यालय र गाउँपालिका बिच कृषि मन्त्रालय अन्तर्गतको कृषि उपज केन्द्रको भवन भाडामा दिने सम्झौता भइ निर्माणको चरणमा रहेको बखत पैसा कमाउने मनसाय राखी आफ्नो पाखो जग्गा समेत किन्नुपर्ने शर्तमा उक्त भवन बनाउनु पर्ने, निशुल्क जग्गा दिन्छु भन्ने नाटक मञ्चन गरि जवकी उक्त जग्गा अपायक पर्ने ठाउमा रहेको छ । त्यसो नगरे बापत बिद्यालय र क्याम्पसलाई बदनियत गर्ने उदेश्यले मुद्दा दायर गरेको र आफूले भने अनुसारको आदेश जारी नभए पछि सोझा सिधा अभिभावक खडा गरि पुन; सर्बोच्चमा मुद्दा दायर गरेको हो।
    भलाराज गिरि अध्यक्ष भयकै पालामा बिधालय को सात रोपनी जग्गा क्याम्पस लाई स्वामित्व हस्तान्तरण गर्ने निर्णय गर्नेले लिजमा दिने कुराको बिरोधमा मुद्दा हाल्न मिल्छ? कुन नैतिकता हो यो? उसकै पालामा पनि स्कुल को सटरहरु भाडामा किन दिएको प्रति प्रश्न गर्छन?

    साथै चौरी देउराली गाउँलापिकाले आफ्नो बैठक ले निर्णय गरि स्थानिय ऐन अन्तर्गत गाउँपालिका भित्र निर्माण हुने कृषि उपज केन्द्र कात्तिके देउरालीको प्रभा माबिको रोड छेउमा रहेकको स्थानमा भएको भुकम्पले क्षतिग्रस्त जस्ता टिनको टहरा हटाइ RCC पक्की भवन निर्माण गर्ने र उक्त भवन २० बर्षलाई भाडामा प्रयोग गरे बापत विद्यालयलाई बार्षिक भाडा दिनेगरी सम्झौता भएको हो । त्यस पछी उक्त भवन त बिधालय कै हुने हो। उक्त स्थानमा किसानहरुले उत्पादन गरेको शुद्ध कृषि उपजको मात्र बेच बिखन गर्न पाउने हो । कुनैपनि मलखाद्य वा बिषाधि बिक्री तथा बितरण नहुने बताउनु भयो।
    वातावरण प्रदुषित हुने गैरकार्य निषेधित सम्झौतामा उल्लेख गरिएको जानकारी दिनुभयो । विद्यार्थी को पठ्नपाठ्न हुने भवन भन्दा १सय मिटर मुनि बजार क्षेत्र मा बन्ने भवनले कुनै असर नपर्ने बताएका छ्न।

    उक्त कृषि भवन निर्माण गाउँपालिकाले ठेक्का लगाएको हो, जहाँ प्रतिस्पर्धि मध्यको निर्माण व्यवसायले निर्माणकार्य गरेको छ , भवन निर्माणमा बिधालय को कुनै सम्लग्न नरहेको जानकारी दियका छ्न।

    कृषि भवन निर्माणमा बिद्यालयलाई जोडेर अनमियतता, भ्रष्टाचार जस्ता बिषयमा कपोकल्पित, भ्रामक र मनोगढन्ते पुर्वग्रही ढंगले संप्रेशित समचारमा तथा सामाजिक संजालमा राखिएको बिषयपस्तुहरुमा कुनै सत्यता नरहेको र उक्त बिषय हेरेर भ्रममा नपर्न आग्रह समेत गरेका छन । साथै तथ्यबाट पुष्टी गर्न चुनौती दिन समेत दिनू भएको छ।
    सम्मानित सर्बोच्च अदालतमा बिचाराधिन रहेको मुद्दामा आफुले धेरै बोल्नु पर्ने आबस्यकता नरहेको पनि बताउनु भयो।

    वडा का एक जनप्रतिनिधि भन्छ्न जनताको बिकास निर्माण कार्यलाई अबरुद्ध पार्ने हेतुले बामपंथीको पालामा भएको बिकासबाट आतिएर अनरगर्ल प्रसार गर्ने गाउँपालिका लगायत वडालाई समेत बदनाम गर्ने साथै स्थानिय नेतृत्वलाई सिध्याउने डिजाइनबाट मण्डले प्रवृत्ति भएका ब्यक्तिहरुको षड्यन्त्र रहेको जानकारी दिनु भयो ।

    साथै यस विषयलाई लिएर वडा न ६ का वडा अध्यक्ष रेशम चौलागाईंले एक प्रेस विज्ञप्ति जारी गरेका छन । सामाजिक संजालहरुमा सर्बोच्चलाई छल्न काभ्रेको बिद्यालयनै गायब भनी गरिएको प्रचारबाजी, पुर्वअध्यक्ष भलाराज गिरीलाई सार्वजनिक मिडियामा जथाभावी प्रचार नगर्न आग्रह गरेका छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

    • 0
    • खुसी

    • 0
    • अचम्मित

    • 0
    • दुःखी

    • 1
    • आक्रोशित

    • 0
    • यस्तै हो

    • 5
    • मन पर्‍यो

    करेन्ट लागेर शक्त घाइते गौतमलाई हेलिकप्टरबाट ल्याइयो

    • २०७७ आश्विन २३ गते, शुक्रबार २०:४५

    काभ्रे / करेन्ट लागेर शक्त घाइते भएका काभ्रे कोशीपारीका एक कर्मचारीलाई हेलिकप्टरबाट काठमाडौ ल्याइएको छ । काभ्रे कोशीपारी स्थित चौरी देउराली वडा नं ६ का

    नेपालमा मृतकको संख्या ८५ पुग्यो

    • २०७७ श्रावण २८ गते, बुधबार ०९:२९

    पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। ३८ वर्षीय संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा विष्णु शर्माले जानकारी दिए।

    आइसोलेसन अस्पतालमा उपचाररतः दुई पुरूषको मृत्यु

    • २०७७ श्रावण २८ गते, बुधबार ०८:५८

    आइसोलेसन अस्पतालमा उपचाररतः दुई जनाको बुधबार बिहान मृत्यु भएको छ। यहि साउन २५ गते अस्पतालमा भर्ना भएका ४५ वर्षीय र मंगलबार भर्ना भएका २५ वर्षका