• काभ्रेमा पाँच प्रहरीसहित थप छजनामा कोरोना

    काभ्रेमा पाँचजना प्रहरीसहित थप छजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    बनेपा नगरपालिकाको जनागालमा रहेको संघीय प्रहरी इकाइ जनागालमा कार्यरत् पाँच प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यसअघि, दुईजना प्रहरीमा संक्रमण भएपछि ‘कन्ट्रयाक ट्रेसिङ’ गर्दा शनिबार थप पाँचजनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।

    यसैबीच, बनेपामा रहेको शिर मेमोरियल अस्पतालको ‘आइसोलेसन’ वार्डमा कार्यरत् एक कर्मचारीमासमेत कोरोनाको संक्रमण देखिएको छ ।

    योसँगै काभ्रेमा संक्रमितको संख्या ४० पुगेको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

    • 0
    • खुसी

    • 0
    • अचम्मित

    • 0
    • दुःखी

    • 0
    • आक्रोशित

    • 0
    • यस्तै हो

    • 0
    • मन पर्‍यो

    नेपालमा मृतकको संख्या ८५ पुग्यो

    • २०७७ श्रावण २८ गते, बुधबार ०९:२९

    पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। ३८ वर्षीय संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा विष्णु शर्माले जानकारी दिए।

    आइसोलेसन अस्पतालमा उपचाररतः दुई पुरूषको मृत्यु

    • २०७७ श्रावण २८ गते, बुधबार ०८:५८

    आइसोलेसन अस्पतालमा उपचाररतः दुई जनाको बुधबार बिहान मृत्यु भएको छ। यहि साउन २५ गते अस्पतालमा भर्ना भएका ४५ वर्षीय र मंगलबार भर्ना भएका २५ वर्षका

    काठमाडौंमा भूकम्पको धक्का

    • २०७७ श्रावण २१ गते, बुधबार १७:०६

    काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापद केन्द्रका अनुसार बुधबार पहराह्न साढे ४ बजे ३ .५ रेक्टरस्केलको भूकम्प गएको हो ।