• कोरोनाबाट मर्नेको संख्या ६०

    नेपालमा कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा थप २ जनाको कोरोनाका कारण मृत्यु भएको हो ।

    मन्त्रालय प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा पर्साको पोखरीया ९ का १८ वर्षीया किशोरी र वीरगञ्ज ५ का ४६ वर्षीय पुरुष रहेका छन् । साउन १९ गते झाडापाखालाबाट ग्रस्त किरोशीलाई उपचारका लागि नेशनल मेडिकल कलेज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । उनको स्वाब संकलन गरी परीक्षण गर्दा कोभिड पोजेटिभ देखिएको प्रवक्ता डा.गौतमले जानकारी दिनुभयो ।

    यस्तै वीरगञ्ज ५ का ४६ वर्षीय पुरुषको साउन २१ गते अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । केही वर्षदेखि मधुमेहका रोगी ती पुरुष ज्वरो र खोकीको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । १९ गते स्वाब संकलन गरिएकोमा त्यही दिन कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपनि उनको आइसोलेसनमा राखेर उपचार शुरु गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

    • 0
    • खुसी

    • 0
    • अचम्मित

    • 0
    • दुःखी

    • 0
    • आक्रोशित

    • 0
    • यस्तै हो

    • 0
    • मन पर्‍यो

    नेपालमा मृतकको संख्या ८५ पुग्यो

    • २०७७ श्रावण २८ गते, बुधबार ०९:२९

    पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। ३८ वर्षीय संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा विष्णु शर्माले जानकारी दिए।

    आइसोलेसन अस्पतालमा उपचाररतः दुई पुरूषको मृत्यु

    • २०७७ श्रावण २८ गते, बुधबार ०८:५८

    आइसोलेसन अस्पतालमा उपचाररतः दुई जनाको बुधबार बिहान मृत्यु भएको छ। यहि साउन २५ गते अस्पतालमा भर्ना भएका ४५ वर्षीय र मंगलबार भर्ना भएका २५ वर्षका

    काभ्रेमा पाँच प्रहरीसहित थप छजनामा कोरोना

    • २०७७ श्रावण २४ गते, शनिबार १६:०६

    काभ्रेमा पाँचजना प्रहरीसहित थप छजनामा कोरोना संक्रमण पुष्टि भएको छ । बनेपा नगरपालिकाको जनागालमा रहेको संघीय प्रहरी इकाइ जनागालमा कार्यरत् पाँच प्रहरीमा कोरोना संक्रमण पुष्टि