माग ०४- नेकपा चौरीदेउरालीको आयोजनामा उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेला काठमाण्डौंको महादेवस्थानमा सम्पन्न भएको छ । अगुवा कार्यकर्ता भेलालाई कार्यक्रमका प्रमुख अतिथि द्वय नेकपा स्थायी कमिटी सदस्य लिलामणी पोखरेल एवं वेदुराम भुषालले सम्बोधन गर्नुभएको थियो । अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि द्वयले सरकारले चालेको प्रतिगामी कदम विरुद्ध एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । जनताले ५ वर्षका लागि दिएको जनादेशको अपहेलना नगर्न ओली सरकारलाई प्रमुख अतिथि भुषाल र पोखरेलले चुनौती दिएका छन् । संसद विघटन गरेर ओली सरकारले असंवैधानिक कदमलाई वर्चस्व दिएको प्रमुख वक्ता द्वय वेदुराम भुषाल एवं लिलामणी पोखरेलले जिकिर गरे । उपत्यका स्तरीय भेलालाई सम्बोधन गर्दै पोखरेलले भने, ‘हामीले कहिल्यै पनि ओलीजीलाई असहयोग पु¥याएका थिएनौँ, पार्टीभित्र पैदा भएको असमझदारीलाई बैठकबाट मिलाएर हल गर्नुपर्छ भन्ने हाम्रो अडान थियो ।’ त्यसैगरी उपत्यका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रमुख वक्ता वेदुराम भुषालले नेकपा बलियो बनाउन हामी सबै तत्पर रहेको र नेकपा बलियो बन्न गाउँगाउँबाट मात्र सम्भव रहेको बताउनुभयो ।
नेकपा बागमती प्रदेश सचिवालय सदस्य एवं चौरीदेउराली गाउपालिका अध्यक्ष दिननाथ गौतमले देशमा आगामी ६ महिनाभित्र चुनाव हुन नसकेमा कसको सरकार बन्ने ? देश अध्यारो सुरुङतिर धकेलिने तर्फ इङ्कित गर्दै चिन्ता प्रकट गर्नुभयो । गौतमले सर्वोच्च न्यायलयले सही अध्ययन गरेर मात्र निर्णय दियो भने जनतालाई जनताको जनादेश यसै फर्किने विश्वस्तता व्यक्त गर्नुभयो । देशमा आन्दोलन चर्किरहेको अवस्थामा आफूहरुले संघर्षपूर्ण प्रतिगामी कदम विरुद्ध आवाज उठाइराख्ने बताउनु भयो । भेलालाई सम्बोधन गर्दै गौतमले चौरीदेउराली बासीलाई एकताबद्ध रुपमा रहन समेत आग्रह गर्नुभयो ।
भिडियोमा हेर्नुहोस : अगुवा भेला
नेकपा चौरीदेउरालीका संयोजक तेज पन्तको सभापतित्वमा भएकोे उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेलामा नेकपा बागमती प्रदेश सदस्य इन्द्रबहादुर थिङ (छिन्ताङ), प्रदेश सभा सदस्य रत्न ढकाल, संविधान सभा सदस्य रेनुका चौलागाई, जिल्ला कमिटी सदस्य मुकुन्द गौतम, विष्णु प्रसाद गौतम, विनोद घिसिङ, राजकुमार गौतम, जनसंगठनका नेता–कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । उपत्यका स्तरीय भेला कार्यक्रमको सञ्चालन अखिलका पूर्व केन्द्रीय उपाध्यक्ष एवं नेकपा युवा नेता दिपक गौतमले गर्नुभएको थियो ।
यस साप्ताहिकका सम्बादाता राम्रो सन्देश डटकम का सह सम्पादक , माउन्टेन टेलिभिजनका काभ्रे सहयोगी र कोशिपारी अन्लाईन न्यजका संचालक अरबिन्द्र गौतम लाई बुधबार डिल्लिबजार काठमाडौमा
नेकपा प्रचण्ड–नेपाल समूह काभ्रेले आज साँझ बनेपामा मसाल जुलुस निकालेको छ । आमहडतालको पूर्वसन्ध्यामा काभ्रेको बनेपाम मसाल जुलुस निकालिएको हो । मसाल जुलुसमा नेकपा काभ्रेका
नेपाली सेनाका बख्तरबन्द गाडी सोमबार राति काठमाडौंको चक्रपथ पक्रिमा गरेका छन्। राति १० बजे सितापाइलास्थित सेनाको ब्यारेकबाट निस्केका बख्तरबन्द गाडीले २७ किलोमिटरको चक्रपथ परिक्रमा गरे।