प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको असंवैधानिक कदम विरुद्ध नेपाल कम्युनिस्ट पार्टी नेकपाले शुक्रबार राजधानीमा विशाल विरोध सभा सम्पन्न गरेको छ ।
विरोध सभामा बोल्दै नेकपाका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओली आन्दोलन भन्ने वित्तिकै रुन थाल्ने गरेको बताए ।
‘आन्दोलन भनेपछि केपीजी रुन थाल्नु हुन्छ । गणतन्त्रको आन्दोलन हुनुहुन्न भनेर नोटअफ डिसेन्ट लेख्न लगाउनु भएको रहेछ,’ विशाल आमसभालाई संवोधन गर्दै उनले भने,‘संविधान आइसियुमा रहेको बेला देश शोकमग्न भएको बेला केपीको बानी हास्ने रहेछ । यस्तो उल्टो खपडीको मान्छे नेपालमा कसरी ?’
अर्का अध्यक्ष माधव कुमार नेपालले अब केपी ओलीसँग कुनैपनि हालतमा नझुक्ने बताए ।
शुक्रबारको आन्दोलनलाई जनआन्दोलनको झल्को भन्दै फुरा फिल्म बाँकी रहेको बताए । नेपालले कास्टिङ मात्रै भनेको जुलुश र विरोध सभा तस्विरमा हेर्नुहोस् ।
यस साप्ताहिकका सम्बादाता राम्रो सन्देश डटकम का सह सम्पादक , माउन्टेन टेलिभिजनका काभ्रे सहयोगी र कोशिपारी अन्लाईन न्यजका संचालक अरबिन्द्र गौतम लाई बुधबार डिल्लिबजार काठमाडौमा
नेकपा प्रचण्ड–नेपाल समूह काभ्रेले आज साँझ बनेपामा मसाल जुलुस निकालेको छ । आमहडतालको पूर्वसन्ध्यामा काभ्रेको बनेपाम मसाल जुलुस निकालिएको हो । मसाल जुलुसमा नेकपा काभ्रेका
नेपाली सेनाका बख्तरबन्द गाडी सोमबार राति काठमाडौंको चक्रपथ पक्रिमा गरेका छन्। राति १० बजे सितापाइलास्थित सेनाको ब्यारेकबाट निस्केका बख्तरबन्द गाडीले २७ किलोमिटरको चक्रपथ परिक्रमा गरे।