• पानी भर्न तयार भयो रानीपोखरी

    रानीपोखरी पानी भर्न तयार भएको छ । पोखरीको पिँध र पानी रहने पर्खालको काम सकिएसँगै पानी भर्न मिल्ने भएको हो । रानीपोखरी पुनर्निर्माण अन्तर्गत पोखरीको पिँधमा कालो माटो र इँटा ओछ्याउने एवं पानी रहने भागको पर्खाल निर्माणको काम सकिएको छ ।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपभोक्ता समितिमार्फत पोखरीको पिँध र पानी रहने भागको पर्खाल निर्माणको काम गराएको हो । उपभोक्ता समितिका अध्यक्ष अजयरत्न स्थापितका अनुसार उपभोक्ता समितिको जिम्मेवारी अनुसार काम भइसकेको र यसबारे राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई जानकारी पनि गराइसकिएको छ ।

    विसं २०७५ फागुनमा गठन गरिएको उपभोक्ता समितिले पोखरीको सतह र वरिपरिको पर्खालमा १५ देखि १८ इञ्च कालो माटो हालेर त्यसमाथि इँटा ओछ्याएको हो । यसअघि भूकम्पको पाँच वर्ष पुगेकै दिन गएको वैशाख १२ गते यो काम सक्ने कार्यतालिका थियो । सबै काम सकेर गएको वैशाख १२ गते रानीपोखरी उद्घाटन गर्ने तयारी थियोे । तर कोरोना सङ्क्रमण जोखिमका कारण सरकारले लकडाउन गरेपछि काम र उद्घाटन पनि प्रभावित भएको थियो ।

    अब वर्षाको पानी जम्मा हुने

    पिँध र पानी रहने पर्खालको काम सकिएपछि वर्षाको पानी जम्मा गर्न मिल्ने भएको छ । रानीपोखरीमा पाँच वर्षपछि पानी अडिन लागेको हो । रानीपोखरी भर्न भने झण्डै तीन करोड ४० लाख लिटर पानी आवश्यक पर्ने अनुमान छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले आकाशे पानी, त्रिचन्द्र कलेज र दरबार हाइस्कुल क्षेत्रको पानी सङ्कलन एवं प्रशोधन गरी पोखरीमा राख्ने कार्यलाई प्राथमिकता दिने र अपुग भएमा भूमिगत स्रोतको पानी राख्ने व्यवस्था मिलाउने जानकारी दिनुभयो ।

    दरबार हाइस्कुलको छानाको पानी पोखरीमा खसाल्ने प्रबन्ध भइसकेको छ । त्यसैगरी टुँडिखेलमा जम्मा भएको पानी ल्याउनको लागि पाइप बिछ्याउने काम पनि भइसकेको रानीपोखरी पुनर्निर्माणको काम हेरिरहनु भएका प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले बताउनुभयो ।

    यी व्यवस्थाबाट पनि पानी पर्याप्त नभए मेलम्चीको पानी पाइपमा हालेर परीक्षण गरेर रानीपोखरीमा खसाल्ने अन्तिम विकल्प पनि प्राधिकरणको छ । तर मेलम्चीको पानी काठमाण्डौमा कहिले आइपुग्छ अझै पनि अन्याेल छ । २०७२ साल वैशाख १२ गतेको भूकम्पकाे कारण रानीपोखरीमा क्षति भएकाले पानी सुकाइएको थियो । भूकम्पले क्षति गरेपछि पोखरीमा बाँकी रहेको पानी फालेर पुनर्निर्माण थालिएको थियो ।

    रानीपोखरीको पिँध पुनर्निर्माणको लागि सुरुमा भक्तपुरबाट कालीगढ ल्याइएको थियो भने त्यसपछि सीप हस्तान्तरण गरी काठमाण्डौका कालीगढ पनि सहभागी भएका थिए ।

    त्रिपाल ओढाएर बालगोपालेश्वर मन्दिरको काम हुँदै

    रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर, त्यहाँसम्म जाने पुल तथा पोखरी वरिपरिको सौन्दर्यकरणको काम भइरहेको छ । यी काम सीएम तुलसी कन्स्ट्रक्शन जेभीले गरिरहेको छ । ठेक्काको पनि झण्डै ८५ प्रतिशत काम सम्पन्न भइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता गोपाल अर्यालले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, ‘बाँकी काम छिटो सम्पन्न गर्न निर्माण कम्पनीलाई आवश्यक पर्ने सबै सहजीकरण गरिरहेका छौँ ।’ निर्माण व्यवसायी सीएम तुलसी कन्स्ट्रक्शन जेभीसँग गएको असार २४ गते प्राधिकरणले मन्दिर, पुल र पोखरीबाहिरको काम गर्ने गरी १५ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको हो ।

    सम्झौता अनुसार १० महिना अर्थात् गएको चैतभित्र सक्नुपर्ने काम ठेकेदारले अझै सकेको छैन । उपभोक्ता समितिले १० करोड र निर्माण व्यवसायीले १५ करोड गरी झण्डै २५ करोड रुपैयाँमा रानीपोखरी पुनर्निर्माणको काम थालिएको हो ।

    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

    • 1
    • खुसी

    • 0
    • अचम्मित

    • 0
    • दुःखी

    • 0
    • आक्रोशित

    • 0
    • यस्तै हो

    • 0
    • मन पर्‍यो

    नेपालमा मृतकको संख्या ८५ पुग्यो

    • २०७७ श्रावण २८ गते, बुधबार ०९:२९

    पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। ३८ वर्षीय संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा विष्णु शर्माले जानकारी दिए।

    आइसोलेसन अस्पतालमा उपचाररतः दुई पुरूषको मृत्यु

    • २०७७ श्रावण २८ गते, बुधबार ०८:५८

    आइसोलेसन अस्पतालमा उपचाररतः दुई जनाको बुधबार बिहान मृत्यु भएको छ। यहि साउन २५ गते अस्पतालमा भर्ना भएका ४५ वर्षीय र मंगलबार भर्ना भएका २५ वर्षका

    काभ्रेमा पाँच प्रहरीसहित थप छजनामा कोरोना

    • २०७७ श्रावण २४ गते, शनिबार १६:०६

    काभ्रेमा पाँचजना प्रहरीसहित थप छजनामा कोरोना संक्रमण पुष्टि भएको छ । बनेपा नगरपालिकाको जनागालमा रहेको संघीय प्रहरी इकाइ जनागालमा कार्यरत् पाँच प्रहरीमा कोरोना संक्रमण पुष्टि