छोटो समयमा भाइरल भएको न्युरोड-संकटा सडकमाथि राखिएको छाता हटाउन सुरू गरिएको छ।
कोरोना महामारीपछि सुस्ताएको बजार चलायमान बनाउने भन्दै स्थानीय व्यापारी र संकटा क्लबले सडकमाथि रंगीचंगी छाता राखेर आकर्षण थपेको थियो।
‘मानिसहरू आवतजावत बढाउन हामीले छाता राख्ने उपाय लगायौं,’ संकटा क्लवका सचिव आशिषमान सिंहले भने,भीड व्यवस्थापन गर्न सकेनौं र हटाउने निर्णयमा पुग्यौं।’
समाजिक संजालमा भाइरल भएको सडकमा दैनिक १५ हजार मान्छे घुम्न आउने गरेको संकटा क्लबले जानकारी दिएको छ।
मुख्य व्यापारिक केन्द्र न्युरोडमा पछिल्लो दुई सातायता ट्राफिक व्यवस्थापन, सवारी आवागमनमा समेत समस्या परेको सचिव सिंहले बताए।
‘व्यापार बढाउनुभन्दा समस्या थपिएपछि सबै जना मिलेर बन्द गर्ने निष्कर्षमा पुग्यौं,’ उनले भने, ‘अलिअलि व्यापार भइरहेको पसलमा पनि छाताकै भीडले ग्राहक आउन नसकेको हामीले बुझ्यौं।
पुस ५ गतेदेखि संकटा सडकमा छाता राख्न सुरू गरिएको थियो। यहाँ डेढ सय मिटर सडकमाथि चार सय बढी छाता थिए। सिंहका अनुसार छातामा मात्र करिब तीन लाख खर्च भएको थियो। चाडपर्व वा मेलाजात्रामा फेरि छाता राख्नेबारे योजना बनाउने सिंहले बताए
अहिलेलाई हटायौं। फेरि राख्नेबारे सोचेका छैनौं,’ उनले भने।
शनिबार बेलुकादेखि छाता हटाउन सुरू गरिएको र आइतबारसम्म सबै हटाइने सिंहले जानकारी दिए।
माग ०४- नेकपा चौरीदेउरालीको आयोजनामा उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेला काठमाण्डौंको महादेवस्थानमा सम्पन्न भएको छ । अगुवा कार्यकर्ता भेलालाई कार्यक्रमका प्रमुख अतिथि द्वय नेकपा स्थायी
काभ्रेपलान्चोक – कोभिड १९ का कारण लामो समय ब न्द रहेको चलचित्र घरहरु माघ १ गतेदेखि पुनः संचालनमा आएको छ देशभर बन्द रहेको चलचित्र घरहरु
निकै आशा लाग्दो लोक दोहोरी गित “बिर्से पापिलाई” सार्वजनिक भएको छ । गितमा स्वर गायिका सुमित्रा सत्याल र गायक राजु बिरही सापकोटाको रहेको छ ।