• ए डिभिजन लिगअन्तर्गत दुई खेल हुँदै


    एकता पोष्ट माघ १४
    काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज हिमालयन शेर्पा क्लब र सरस्वती युथ क्लबबीच त्यस्तै गरि जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लब बीच दुई खेल हुँदैछन् ।

    बिहान ११ :३० बजे पहिलो खेलमा शेर्पा र सरस्वती र दोश्रो खेल जावलाखेल र आर्मीबीच दिउँसो ३ बजे सुरु हुनेछ। दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन् ।

    जारी लिगमा १ अंक मात्र जोडेर रेलिगेशन जोनमा रहेको सरस्वतीले अहिलेसम्म जित निकाल्न सकेको छैन । लिगका आधा खेल सकिदाँ मात्र एक अंक जोडेर सरस्वतीको रेलिगेशनमा पर्ने सम्भावना उच्च छ ।

    आर्मीलाई डिभिजनको शीर्षस्थानमा उक्लिने सम्भावना जिवित राख्न उसलाई आजको खेलमा जित्नैपर्ने दबाब छ ।

    नवौँ चरणको खेल चलिरहदाँ शीर्ष स्थानको मछिन्द्रभन्दा आर्मी दुई अंकले पछाडी छ । एक खेल कम खेलेको आर्मीलाई जावलाखेलविरुद्ध जित निकाल्दै पुन शीर्ष स्थानमा फर्कने अवसर छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

    • 0
    • खुसी

    • 0
    • अचम्मित

    • 0
    • दुःखी

    • 0
    • आक्रोशित

    • 0
    • यस्तै हो

    • 0
    • मन पर्‍यो

    इएफएलमा लेस्टर सिटीलाई २-१ ले हराउँदै एस्टन भिल्ला फाइनलमा प्रवेश

    • २०७६ माघ १५ गते, बुधबार ०८:५५

    एकता पोष्ट माघ १५ लेस्टर सिटीलाई हराउँदै एस्टन भिल्ला काराबाओ (इएफएल) कप फुटबलको एस्टन भिल्ला प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा एस्टन भिल्लाले

    ए डिभिजन लिगअन्तर्गत आज मनाङ मर्स्याङ्दी र संकटाबीच प्रतिस्पर्धा हुँदै

    • २०७६ माघ १५ गते, बुधबार ०८:४२

    एकता पोष्ट माघ १५ आज काठमाडौंमा जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टोलीबीचको

    जावलाखेललाई हराउँदै आर्मी शिर्ष स्थानमा

    • २०७६ माघ १४ गते, मंगलवार १७:५१

    एकता पोष्ट माघ १४ जाउलाखेल युथ क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा फर्किएको छ । नवौं चरणको मंगलबार