एकता पोष्ट माघ १४
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सरस्वती युथ क्लबले पहिलो जित हात पारेको छ।
एन्फा कम्प्लेक्स सातदोवाटो स्थित मैदानमा नवौँ चरणमा आज भएको खेलमा सरस्वतीले हिमालयन शेर्पा क्लबलाई ४–३ गोलले हरायो ।
सरस्वतीलाई जिताउन काजिम बुसारीले खेलको ५ औं र ८३औं मिनेटमा गरि दुई गोल गरे भने विनोद केसीले ३५औं र मनिष थापाले ८८औं मिनेटमा एक एक गोल गरेका थिए ।
यता हिमालयन शेर्पाका आशिष गुरुङले १०औं, विजय श्रेष्ठले ४५औं र रबि थापामगरले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।
आज भएको खेलमा सरस्वतीका काजिम म्यान अफ दी म्याच भए। पहिलो जितसँगै सरस्वतीले नौ खेलबाट चार अंक बनाएको छ । यो संगै सरस्वती अन्तिम स्थानमै यथावत छ भने समान खेलबाट सात अंक बनाएको शेर्पा १२औं स्थानमा छ ।
काभ्रेका खेलाडीलाई समाजसेवि तथा युवा नेता रत्नकुश रन्जितको सहयोग काभ्रेपलान्चोक – बनेपा नगरपालिकाका युवा व्यवसायी रत्नकुश रंजित पछिल्लो समयमा खेलाडिहरुको मनमा बस्न सफल हुनुभएको छ
एकता पोष्ट माघ १५ लेस्टर सिटीलाई हराउँदै एस्टन भिल्ला काराबाओ (इएफएल) कप फुटबलको एस्टन भिल्ला प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा एस्टन भिल्लाले
एकता पोष्ट माघ १५ आज काठमाडौंमा जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टोलीबीचको