एकता पोष्ट माघ १४
सर्बोच्च अदालतले सभामुख अग्नि सापकोटाबिरुद्द लागेको काभ्रेका अर्जुन लामाको हत्यामाथिको अनुसन्धान स्थितिबारे के छ भनि सरकारलाई प्रश्न गरेको छ।
काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या भएपछि उनकी पत्नी पूर्णिमायाले सापकोटासहित माओवादी नेता कार्यकर्ताविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । तर प्रहरीले जाहेरी नै लिन मानेन । सर्वोच्च अदालतले २२ फागुन २०६४ मा परामादेश दिएपछि मात्र जाहेरी दर्ता भएर अनुसन्धान सुरु भएको थियो ।
हत्या आरोप लागेका सापकोटाविरूद्ध सर्वोच्च अदालत मुद्दा विचाराधीन रहेकाले उनलाई सभामुख नबनाउन भन्दै अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार रिट दर्ता गरेका थिए। सर्वोच्चले मुद्दा टुंगोमा नपुगेसम्म प्रत्येक १५ दिनमा अनुसन्धानमा कुनै प्रभाव दबाव वा असहयोग भए नभएको महान्यायाधिवक्तामार्फत जानकारी गराउन भनेको थियो । तर उक्त आदेशहरु कायम भएकै बेलामा सापकोटालाई सभामुखको उम्मेदवार बनाएपछि यो मुद्दाले पुन: सर्वोच्चमा स्थान लिएको हो।
सापकोटाविरुद्ध नै यसअघि दायर भएको रिटको सुनुवाईका क्रममा जारी भएको अन्तरिम आदेशअनुसार उनीविरुद्धको कर्तब्य ज्यानको मुद्दाको अवस्थाबारे सर्बोच्चले जवाफ मागिरहेको छ।
सर्वोच्चले मंगलबार जारी गरेको आदेशमा भनिएको छ– ‘…यसअघि पनि यसै अदालतबाट निज अग्नि प्रसाद सापकोटा नै विपक्षी भएको रिट निवेदनमा सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी भएको सन्भर्दमा ती प्रहरी प्रतिवेदन प्रस्तुतीको अवस्था, अन्तरिम आदेशहरुको कार्यान्वयनको स्थिति र हाल कर्तब्य ज्यान मुद्दा के कस्तो अवस्थामा रहेको छ ? सोको प्रगतिको जानकारी सर्वोच्च अदालतमा महान्यायाधीवक्ताको कार्यालयमार्फत यो आदेश भएको मितिले ३० दिनभित्र पेश गर्नु भनी विपक्षी नेपाल सरकार, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काभ्रपालान्चोक समेतका नाममा आदेश जारी गरिएको छ । अरु नियमानुसार गर्नु ।’
माग ०४- नेकपा चौरीदेउरालीको आयोजनामा उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेला काठमाण्डौंको महादेवस्थानमा सम्पन्न भएको छ । अगुवा कार्यकर्ता भेलालाई कार्यक्रमका प्रमुख अतिथि द्वय नेकपा स्थायी
काभ्रेपलान्चोक – कोभिड १९ का कारण लामो समय ब न्द रहेको चलचित्र घरहरु माघ १ गतेदेखि पुनः संचालनमा आएको छ देशभर बन्द रहेको चलचित्र घरहरु
काभ्रे / करेन्ट लागेर शक्त घाइते भएका काभ्रे कोशीपारीका एक कर्मचारीलाई हेलिकप्टरबाट काठमाडौ ल्याइएको छ । काभ्रे कोशीपारी स्थित चौरी देउराली वडा नं ६ का