• व्हाइट हाउस कलेजका विद्यार्थी सहित सिइओ अरुण चीनमा भिजिट नेपालको प्रचार गर्दै


    धरानः चीनमा धरानस्थित व्हाइट हाउस कलेजका विद्यार्थीले भिजिट नेपाल २०२० को प्रचारप्रसार गरेका छन् । चीनको सान्यामा अध्ययन गर्दै गरेका व्हाइट हाउस धरान, धनकुटा तथा इटहरीका विद्यार्थीले ‘भिजिट नेपाल २०२०’ लेखिएको ब्यानरसहित सानियाको विभिन्न भागमा पुगेर प्रचार गरेका हुन् । उनीहरूले स्थानीय नागरिकलाई भिजिट नेपाल २०२० अङ्कीत व्याच लगाइदिँदै आफ्नो देशमा भ्रमण वर्ष रहेकोले सबैलाई आउन आग्रह समेत गरे ।
    सानिया विश्व पर्यटनको लागि प्रमुख गन्तव्यस्थलको रूपमा रहेको छ । सन २०१८ मा मिस नेपाल शृङ्खला खतिवडा सहभागी मिस वल्र्ड २०१८ यही सानियामा सम्पन्न भएको थियो ।

    विश्व पर्यटनको प्रमुख गन्तव्यस्थल रहेको यस स्थानमा नेपालको भ्रमण वर्षको बारेमा प्रचार गर्नु पाउँदा आफूलाई एकदमै खुशी लागेको कलेजका विद्यार्थी कुशल श्रेष्ठ बताउँछन् । आफूहरूले सानियाका नागरिकहरूलाई व्याच लगाइदिँदै नेपाल आउन आग्रह गर्दा यहाँका नागरिक पनि खुशी हुँदै नेपाल एउटा सुन्दर देश भएको र कति त आइसकेको र फेरि आउने प्रतिबद्धता जनाएको विद्यार्थी अनुषा बताउँछिन् ।

    विद्यार्थीहरू के कसरी त्यहाँ अध्ययन गर्दैछन् भन्ने अवलोकन गर्न पुगेका कलेजका सिइओ अरुण प्रधानले यहाँ आउँदा आफ्ना विद्यार्थीको बारेमा जानकारी पनि लिने अनि नेपालमा भ्रमण वर्ष भएकोले त्यसको पनि प्रचार गर्ने उद्देश्य लिएको बताए । ‘आफूले पनि नेपालमा भिजिट नेपाल २०२० भएकोले गर्दा भ्रमण वर्षमा नेपाल आउन भन्दै मायाको चिनोस्वरुप भिजिट नेपाल २०२० लोगो अङ्कीत नेपालको परम्परागत करुवा, अन्ति, सानिया एभिएसन एन्ड टुरिज्म कलेजका प्रधानाध्यापक मिस्टरमा, बीपी एक्स आई चाइना कि प्रबन्धक मिस हेलन र शिक्षिकाद्वय मिस सुगर र मिस युजिङलाई प्रदान गरेका छौं ।’ उनले भने ।

    कुनैपनि देश जाँदा हाम्रो देश नेपालको प्रचार गर्नु हाम्रो दायित्व हो र यो भ्रमण वर्षलाई भिजिट नेपाल २०२० को प्रचार गर्दै बिताएकोमा गौरवान्वित बनेको सिइओ प्रधान बताउँछन् । सुरु सुरुमा खानपिन नमिल्दा अलिकति अप्ठ्यारो पर्ने तर विस्तारै बानी पर्दै जाँदा सबै राम्रो हुने र सबै नै खुशी रहेको विद्यार्थी नारायणप्रसाद घिमिरेले बताए । भ्रमण टोलीमा बीपी एक्सआइ नेपालका शिक्षकद्वय अञ्जन श्रेष्ठ र बिनोद भट्टराई पनि छन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

    • 0
    • खुसी

    • 0
    • अचम्मित

    • 0
    • दुःखी

    • 0
    • आक्रोशित

    • 0
    • यस्तै हो

    • 0
    • मन पर्‍यो

    नेपालमा मृतकको संख्या ८५ पुग्यो

    • २०७७ श्रावण २८ गते, बुधबार ०९:२९

    पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। ३८ वर्षीय संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा विष्णु शर्माले जानकारी दिए।

    आइसोलेसन अस्पतालमा उपचाररतः दुई पुरूषको मृत्यु

    • २०७७ श्रावण २८ गते, बुधबार ०८:५८

    आइसोलेसन अस्पतालमा उपचाररतः दुई जनाको बुधबार बिहान मृत्यु भएको छ। यहि साउन २५ गते अस्पतालमा भर्ना भएका ४५ वर्षीय र मंगलबार भर्ना भएका २५ वर्षका

    काभ्रेमा पाँच प्रहरीसहित थप छजनामा कोरोना

    • २०७७ श्रावण २४ गते, शनिबार १६:०६

    काभ्रेमा पाँचजना प्रहरीसहित थप छजनामा कोरोना संक्रमण पुष्टि भएको छ । बनेपा नगरपालिकाको जनागालमा रहेको संघीय प्रहरी इकाइ जनागालमा कार्यरत् पाँच प्रहरीमा कोरोना संक्रमण पुष्टि