• अस्ट्रेलियामा लागेको डढेलो नियन्त्रणका लागि उडेको विमान दुर्घटना


    एकता पोष्ट माघ ९
    अस्ट्रेलियामा लागेको डढेलो नियन्त्रणका लागि उडेको एउटा विमान दुर्घटनामा परेको छ ।

    राजधानी क्यानबेराबाट करिब २ किलोमिटर टाढा रहेको स्नोइ माउन्टेनमा लागेको आगो निभाउन उडेको विमान दुर्घटनामा परेको हो। उक्त दुर्घटनामा परेको विमान को खोजीकार्यका लागि अन्य हेलिकप्टरहरु खटाइएका छन्।

    बुधबारदेखि तापक्रम बढेसँगै अस्ट्रेलियाका दक्षिण र पूर्वी क्षेत्रमा फेरि डढेलो फैलिएको छ । राजधानी नजिकै ढडेलो फैलिन थालेपछि अस्ट्रेलियाको क्यानबेरा अन्तर्राष्ट्रिय विमानस्थल नै बन्द गरिएको छ । आगो फैलिएर विमानस्थल नजिकै आएपछि सबै उडानहरु रद्ध गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

    गएको सेप्टेम्बर महिनाबाट शुरु भएको डढेलोका कारण अस्ट्रेलियामा अहिलेसम्म ३० जनाले ज्यान गुमाइसकेका छन् भने ५० करोड भन्दा बढी जीवजन्तुहरु मरिसकेका छन्।

    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

    • 0
    • खुसी

    • 0
    • अचम्मित

    • 0
    • दुःखी

    • 0
    • आक्रोशित

    • 0
    • यस्तै हो

    • 0
    • मन पर्‍यो

    हतियार सहित गाडी सडकमा निस्किएपछि… पूरा भिडियो

    • २०७७ माघ २० गते, मंगलवार ०९:०९

    नेपाली सेनाका बख्तरबन्द गाडी सोमबार राति काठमाडौंको चक्रपथ पक्रिमा गरेका छन्। राति १० बजे सितापाइलास्थित सेनाको ब्यारेकबाट निस्केका बख्तरबन्द गाडीले २७ किलोमिटरको चक्रपथ परिक्रमा गरे।

    नेकपाको विशाल जुलुश/आमसभाका तस्बिरहरु हेर्नुहोस

    • २०७७ माघ ९ गते, शुक्रबार १७:३३

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको असंवैधानिक कदम विरुद्ध नेपाल कम्युनिस्ट पार्टी नेकपाले शुक्रबार राजधानीमा विशाल विरोध सभा सम्पन्न गरेको छ । विरोध सभामा

    प्रचण्डले भने- सडकमा उर्लिएको जनसागरलाई अदालतले पनि देख्यो होला

    • २०७७ माघ ९ गते, शुक्रबार १६:५५

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको सेटिङलाई अब जनताले सडकबाट भत्काउने चेतावनी दिएका छन्। प्रचण्ड-नेपाल