• बहुविवाह गरे सरकारी सेवामा अयोग्य


    एकता पोस्ट मङ्सिर १९

    काठमाडौँ: बहुविवाह, जातीय छुवाछूतलगायतका फौजदारी कसुरमा अदालतबाट दोषी ठहर भएमा सरकारी कर्मचारी भविष्यमा समेत सरकारी सेवाका लागि अयोग्य हुने भएका छन् । बाहलवाला कर्मचारीको हकमा सेवाबाट समेत बर्खास्तमा पर्नेछन् । नैतिक पतन देखिने फौजदारी कसुरमा भविष्यमा कुनै पनि सरकारी सेवाका लागि योग्य हुने छैनन् । अन्य कसुरमा भने अयोग्य नठहरिने गरी सेवाबाट हटाइने छ ।

    प्रतिनिधि सभाका राज्य व्यवस्था तथा सुशासन समितिमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका शर्तसम्बन्धी विधेयकको दफाबार छलफलका क्रममा समितिले बहुविवाह र जातीय छुवाछूत कसुरमा दोषी ठहर भए पनि सेवामा अयोग्य हुने सहमति गरेको हो । समितिले उल्लेखित दुई कसुरलाई छलफलपछि थप गरेको हो । भ्रष्टाचार, किर्ते, राष्ट्रविरुद्ध जासुसी, लागूऔषध कारोबार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, अपहरण तथा शरीर बन्धकलगायतका कसुरमा अदालतबाट दोषी ठहर भएमा सेवाबाट बर्खास्त गरी भविष्यमा अयोग्य हुने प्रस्ताव भने सरकारले नै गरेको थियो ।

    विधेयकमाथिको छलफल समितिमा जारी छ । समितिको छलफल अनुसारको प्रारम्भिक प्रतिवेदनमा अहिले दफाबार छलफल जारी छ । समितिले प्रारम्भिक प्रतिवेदनको छलफल सकेपछि अन्तिम प्रतिवेदन तयार पार्नेछ । यस्तै, समितिले सेवाप्रवाहका क्रममा सेवाग्राहीलाई हानि नोक्सानी पु¥याएको पुष्टि भएमा सम्बन्धित कर्मचारीको १० दिनसम्मको तलब कट्टा गर्नेमा पनि सहमति गरेको छ । तलब कट्टासम्बन्धी प्रस्तावित व्यवस्थामा सामान्य भाषा संशोधन गरी समितिले सहमति जुटाएको हो । यो खबर आजको गोरखापत्रमा छापिएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

    • 0
    • खुसी

    • 0
    • अचम्मित

    • 0
    • दुःखी

    • 0
    • आक्रोशित

    • 0
    • यस्तै हो

    • 0
    • मन पर्‍यो

    घरको नक्सा परिवर्तन गरी निर्माण भएको शुभकामना हल पुनः संचालनमा

    • २०७७ माघ २ गते, शुक्रबार १७:४६

    काभ्रेपलान्चोक – कोभिड १९ का कारण लामो समय ब न्द रहेको चलचित्र घरहरु माघ १ गतेदेखि पुनः संचालनमा आएको छ देशभर बन्द रहेको चलचित्र घरहरु

    करेन्ट लागेर शक्त घाइते गौतमलाई हेलिकप्टरबाट ल्याइयो

    • २०७७ आश्विन २३ गते, शुक्रबार २०:४५

    काभ्रे / करेन्ट लागेर शक्त घाइते भएका काभ्रे कोशीपारीका एक कर्मचारीलाई हेलिकप्टरबाट काठमाडौ ल्याइएको छ । काभ्रे कोशीपारी स्थित चौरी देउराली वडा नं ६ का

    कमाउधन्धा बचाउन अदालत मा गुहार !

    • २०७७ आश्विन २२ गते, बिहीबार ०८:०८

    प्रभा स्कुल र क्याम्पसमाथि प्रतिशोध रु एकलाख पचासी हजार बिद्यालयलाई फिर्ता दिन पुर्व अध्यक्ष भलाराज गिरीको आनाकानी : काभ्रे, अशोज २२ – काभ्रे चौरी देउराली