एकता पोस्ट मङ्सिर ८
बालाचतुर्दशीअन्तर्गत आज दिवंगत पितृका नाममा दीपप्रजलन गरिँदै छ । साँझ बत्ति दिएर भोलिपल्ट बिहानै पितृको सम्झनामा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाउने गरिन्छ।
आइतबार साँझ दीपदान अर्थात् बत्ती बाल्नका लागि काठमाडौंको पशुपतिनाथसहितका शिव मन्दिरहरुमा भक्तजनको भिड हुने गर्दछ । प्रत्येक वर्ष मंसिर त्रयोदशीका दिन दीपदान गर्न लाखौं भक्तजनहरु पशुपतिनाथ मन्दिर आउँछन् । बत्ती बाल्न बस्ने बासको ब्यबस्थासहित बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा ठुलो भीड देख्न सकिन्छ।
त्रयोदशीको दिन साँझ बत्ति दिएर रातभर जाग्रामबसी भजन किर्तन गरि भोलिपल्ट चतुर्दशीको दिन बिहान आफ्नो परिवारभित्रका दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शतबीज छर्छन् ।
पशुपति क्षेत्रको १०८ शिवलिंग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुहृयेश्वरी, मृगस्थली, विश्वरूप, किराँतेश्वर लगायतका ठाउँहरुमा शतबीज छर्ने गरिन्छ । शतबीज छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवंगत आत्माले पाउने गरी सन्देश पुर्याउन अनुरोध गर्ने प्रचलन छ ।
शतबीजमा हाल धान, जौ, तिल, गहँु, चना, मकै, कागुनो जस्ता उम्रिने बिउहरु मिसाएर छर्ने चलन छ । भगवान् शिव मृगरूप लिएर घुमेको भनिने क्षेत्रमा एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवगंत आत्माले पनि मुक्ति पाउने धार्मिक आस्था छ। ‘धर्मसिन्धु नामक ग्रन्थमा बरखी बारेकाले शिवको पूजा आजा त के, नामसमेत लिनु नहुने उल्लेख गरिएको छ,’
शतबीज छर्न पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुहृयेश्वरीको पूजा गर्नुपर्ने शास्त्रीय वचन छ ।
दिनेश गौतम हेटौंडा:हेटौँडा उपमहानगरपालिका वडा नंबर १० मा रहेको भुटनदेवी हिन्दु धमवालम्वीहरुको आस्थाको केन्द्र बन्दै गएको छ । हिन्दुहरुको प्रमुख पर्वहरुमा यहा दर्शन गर्न आउने
एकता पोस्ट मङ्सिर ६ काठमाडाैं: अस्तव्यस्त सडकमा सवारीसाधनको चाप बढ्दा राजधानीको तीनकुनेबाट लोकन्थलीसम्म दुईपाङ्ग्रो वा चारपाङ्ग्रे वाहनलाई कति समय लाग्ला ? सामान्य अवस्थामा १० देखि
एकता पोस्ट मङ्सिर २ धेरैले चुरोटको तुलनामा ‘भेप’ को असर कम हुने विश्वास राख्छन्। निकोटिनलाई बाफमा परिणत गरेर स्वाद लिन आविष्कार भएको भेप सन् २००३