• ५ नम्बर प्रदेशका ज्येष्ठ सदस्य बलदेव शर्माको निधन


    एकता पोष्ट माघ ६
    ५ नम्बर प्रदेश सभाका ज्येष्ठ सदस्य एवं विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ । सोमबार दिउँसो आफ्नै निवासमा उनको निधन भएको नेपाली काँग्रेस रुपन्देहीका जिल्ला सचिव रामकृष्ण खाँणले बताए ।

    रुपन्देहीको तिलोत्तमा घर भएका ८२ वर्षीय पोखरेलको गत वर्ष माघमा छातीमा संक्रमण देखिएको थियो । काठमाडौँस्थित नर्भिक हस्टिलमा चेकजाँच गर्दा उनको फोक्सोमा क्यान्सर देखिएको थियो ।

    त्यसपछि विभिन्न अपतालमा उपचार गराए पनि शरीरका अन्य अङ्गमा संक्रमण फैलिएपछि चिकित्सकले निको हुने सम्भावना नरहेको बताएका थिए । एक सातादेखि उनलाई घरमै राखिएको थियो ।

    रुपन्देहीको तिलोत्तमा–१४ खैरियाका ८२ वर्षीय पोखरेल प्रदेशसभामा काँग्रेसका समानुपातिक सांसद थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

    • 0
    • खुसी

    • 0
    • अचम्मित

    • 0
    • दुःखी

    • 0
    • आक्रोशित

    • 0
    • यस्तै हो

    • 0
    • मन पर्‍यो

    चौरीदेउराली नेकपाको उपत्यका स्तरीय भेला सम्पन्न( भिडियो हेर्नुहोस )

    • २०७७ माघ ४ गते, आईतवार १२:०५

    माग ०४- नेकपा चौरीदेउरालीको आयोजनामा उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेला काठमाण्डौंको महादेवस्थानमा सम्पन्न भएको छ । अगुवा कार्यकर्ता भेलालाई कार्यक्रमका प्रमुख अतिथि द्वय नेकपा स्थायी

    घरको नक्सा परिवर्तन गरी निर्माण भएको शुभकामना हल पुनः संचालनमा

    • २०७७ माघ २ गते, शुक्रबार १७:४६

    काभ्रेपलान्चोक – कोभिड १९ का कारण लामो समय ब न्द रहेको चलचित्र घरहरु माघ १ गतेदेखि पुनः संचालनमा आएको छ देशभर बन्द रहेको चलचित्र घरहरु

    करेन्ट लागेर शक्त घाइते गौतमलाई हेलिकप्टरबाट ल्याइयो

    • २०७७ आश्विन २३ गते, शुक्रबार २०:४५

    काभ्रे / करेन्ट लागेर शक्त घाइते भएका काभ्रे कोशीपारीका एक कर्मचारीलाई हेलिकप्टरबाट काठमाडौ ल्याइएको छ । काभ्रे कोशीपारी स्थित चौरी देउराली वडा नं ६ का