सेलिब्रेटी नेपाल
काठमाडौं:पूजा सुनुवारको स्वरमा रहेको रहर एल्बममा समाबेश ‘हुन्छ भनन’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । डस म्युजिक प्रालिको प्रस्तुति रहेको एल्बम रहर प्रमुख अतिथि, वरिष्ठ संगीतकार एवम् संगीतकार संघ नेपालका प्रथम (पूर्व) अध्यक्ष लक्ष्मण शेषले आज सार्वजनिक गरेका हुन् । सार्वजनिक एल्बममा पाँच गीत समावेश भएका छन् ।
अनुप चापागाईँको निर्देशनमा बनेको उक्त म्युजिक भिडियोमा वर्षा राउत र प्रकाश सपुतको अभिनय रहेको छ । भिडियो लाई उत्सब दाहालले छायाँकन र बिकाश दाहालले सम्पादन गरेका छन् ।
दीपक शर्माको शब्द र संगीत रहेको सो गीतमा डेबिड शंकरको मेल भोकल रहेको छ । २०७३ सालमा ‘नजर’ एल्बम सार्वजनीक गरेर नेपाली सङ्गीतमा प्रवेश गरेकी पूजाको यो दोस्रो एकल साङ्गीतिक एल्बम हो।
छोटो समयमा भाइरल भएको न्युरोड-संकटा सडकमाथि राखिएको छाता हटाउन सुरू गरिएको छ। कोरोना महामारीपछि सुस्ताएको बजार चलायमान बनाउने भन्दै स्थानीय व्यापारी र संकटा क्लबले सडकमाथि
निकै आशा लाग्दो लोक दोहोरी गित “बिर्से पापिलाई” सार्वजनिक भएको छ । गितमा स्वर गायिका सुमित्रा सत्याल र गायक राजु बिरही सापकोटाको रहेको छ ।
बिगत ३ बर्ष देखि अस्ट्रेलिया बस्दै आएकी आना ढकालले अस्ट्रेलियामा फोटो शुट गरेकी छिन् । ग्ल्यामर फोटो ग्राफर नबिन चौतारियालेम उनको फोटो कैद गरेका हुन्।