एकता पोष्ट माघ १३
आज बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले ०७७ फागुन ७ देखि १० सम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने निर्णयलाई अनुमोदन गरेको छ।
पार्टी कार्यालय सानेपमा बसेको बैठकले २०७७ फागुनमा १४ औं महाधिवेशन गर्ने निर्णय गरेको हो । ‘पुस ११ कै निर्णयअनुसार केन्द्रीय महाधिवेशन ०७७ फागुनमा गर्ने, क्रियाशील सदस्यतालगायतमा सहमतिअनुसार नै अघि बढ्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
शर्माका अनुसार जिल्ला अधिवेशनको कार्यतालिका यसअघिको भन्दा हेरफेर गर्ने सहमति पनि भएको छ। उलने क्रियाशील सदस्यता छानविका लागि ७ सदस्यीय कार्यदल बनाउने निर्णय भएको जानकारी दिए । पार्टी कार्यालयमा सोमबार दिउँसो नेविसंघका दुई समुहबीच भएको झडपले पार्टीलाई दुखित बनाएको प्रवक्ता शर्माले बताए ।
मंसिर २६ देखि बैठक बहिष्कार गर्दै आएका बरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका पौडेल पक्षका नेताहरु पनि सोमबारको बैठकमा उपस्थित थिए।
काभ्रेपलान्चोक – कोभिड १९ का कारण लामो समय ब न्द रहेको चलचित्र घरहरु माघ १ गतेदेखि पुनः संचालनमा आएको छ देशभर बन्द रहेको चलचित्र घरहरु
काभ्रे / करेन्ट लागेर शक्त घाइते भएका काभ्रे कोशीपारीका एक कर्मचारीलाई हेलिकप्टरबाट काठमाडौ ल्याइएको छ । काभ्रे कोशीपारी स्थित चौरी देउराली वडा नं ६ का
प्रभा स्कुल र क्याम्पसमाथि प्रतिशोध रु एकलाख पचासी हजार बिद्यालयलाई फिर्ता दिन पुर्व अध्यक्ष भलाराज गिरीको आनाकानी : काभ्रे, अशोज २२ – काभ्रे चौरी देउराली