एकता पोष्ट माघ ८
संयुक्त राज्य अमेरिकामा पनि कोरोना भाइरसबाट संक्रमित व्यक्ति फेला परेका छन ।
चीनबाट फर्किएका करिव ३० बर्षका व्यक्तिमा गत जनवरी १५ मा कोरोना भाइरसको संक्रमण पाइएको थियो । कोरोना भाइरसबाट पिडित भनिएका व्यक्तिको पहिचान भने गोप्य नै राखिएको रोग नियन्त्रण केन्द्र अमेरिकाका अधिकारीले जनाएका छन ।
बिबिसीका अनुसार चीनको बुहान भन्ने स्थानबाट फैलिएको भनिएको उक्त भाइरसबाट त्यहाँ हालसम्म ३ सय भन्दा बढी संक्रमित भएको पाइएको छ भने ऐहिले सम्म ६ जनाको मृत्यु भइसकेको छ।
उत्तर कोरियाले सीमावर्ती क्षेत्रका प्रवेशविन्दुहरु कोरोना भाइरसको संक्रमणले संत्रास फैलिएपछि आवतजावतमा रोक लगाएको छ।
तत्काललाई बिदेशी पर्यटक आगमनमा रोक लगाएर कोरानाबिरुद्ध सतर्कता अपानाइएको उत्तर कोरियाली अधिकारीहरुले जनाएका छन ।
नेपाली सेनाका बख्तरबन्द गाडी सोमबार राति काठमाडौंको चक्रपथ पक्रिमा गरेका छन्। राति १० बजे सितापाइलास्थित सेनाको ब्यारेकबाट निस्केका बख्तरबन्द गाडीले २७ किलोमिटरको चक्रपथ परिक्रमा गरे।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको असंवैधानिक कदम विरुद्ध नेपाल कम्युनिस्ट पार्टी नेकपाले शुक्रबार राजधानीमा विशाल विरोध सभा सम्पन्न गरेको छ । विरोध सभामा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको सेटिङलाई अब जनताले सडकबाट भत्काउने चेतावनी दिएका छन्। प्रचण्ड-नेपाल