एकता पोष्ट माघ १४
कोरोनाभाइरसको महामारीबाट चीनमा ज्यान गुमाउनेको सङ्ख्या मङ्गलबार १ सय ६ पुगेको छ । चीनको खूबे प्रान्त प्रशासनका अनुसार मंगलबारसम्म प्रान्तमा १३ सय संक्रमित भएको जानकारी प्राप्त भएको जनाएको छ।
हुबेईमा रहेको स्वास्थ्य आयोगले हुबेईमा कोरोनाबाट थप २४ जनाको मृत्यु भएको जानकारी दिँदै १२ सय ९१ जनामा यसको संक्रमण देखिएको जानकारी दिएको छ । योसँगै चिनभर यस भाइरसबाट संक्रमित हुनेको सङ्ख्या ४ हजार भन्दा बढीमा पुगेको छ ।
यसरि संक्रमितको संख्या बढ्दै गएपछि चिनियाँ सरकारले सुरक्षामा कडाइ गर्दै आफ्ना नागरिकहरुलाई विदेश नजानसमेत आग्रह गरेको छ। त्यसै गरि अमेरिकाले पनि आफ्ना नागरिकहरुलाई चीन भ्रमणका लागि नजान निर्देशन दिएको छ।
चीनले नयाँ वर्षको छुट्टी आइतबारसम्मलाई थप गरेको छ । देशभर स्कुल र विश्वविद्यालयको सेमेस्टरको सुरुवातमा ढिलाई गरेको छ ।
कोरोना भाइरस भित्रिए संगै यहाका सडक, सपिङ मल, कुर्सी, सुनसान खेल मैदान एम्बुलेन्स, सार्वजनिक यातायात सबै सुनसान हुने गरेका छन्।
नेपाली सेनाका बख्तरबन्द गाडी सोमबार राति काठमाडौंको चक्रपथ पक्रिमा गरेका छन्। राति १० बजे सितापाइलास्थित सेनाको ब्यारेकबाट निस्केका बख्तरबन्द गाडीले २७ किलोमिटरको चक्रपथ परिक्रमा गरे।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको असंवैधानिक कदम विरुद्ध नेपाल कम्युनिस्ट पार्टी नेकपाले शुक्रबार राजधानीमा विशाल विरोध सभा सम्पन्न गरेको छ । विरोध सभामा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको सेटिङलाई अब जनताले सडकबाट भत्काउने चेतावनी दिएका छन्। प्रचण्ड-नेपाल