एकता पोष्ट माघ १३
चीनको वुहानमा फैलिएको कोरोना भाइरसको प्रकोपबाट मृत्यु हुनेको संख्या ८१ जना पुगेको छ। कोरोनाबाट संक्रमित हुनेको संख्या भने ३ हजार भन्दा माथि रहेको चिनियाँ अधिकारीले जनाएको छ। कोरोना भाइरसको सबैभन्दा ठूलो प्रकोप र त्यसको उद्गमस्थल मानिएको वुहानमै भएको छ ।
यस भाइरसको संक्रमणबाट रोक्न स्वास्थ्यसेवाका लागी झाद्नै पाँच लाख कर्मचारीलाई परिचालन गरिएको छ । थप मास्क तथा सुरक्षित पोसाक बनाउन कारखानाहरूमा तथा संक्रमित बिरामीहरुको उपचारका लागि पनि थप अस्पताल हरु निर्माणको कार्य तीव्र गतिमा भइरहेको छ।
चीनको हुवेई प्रान्तको राजधानी वुहानमा पछिल्लो पटक २४ जनाको मृत्यु भइसकेको छ भने वुहानमा देखापरेको संक्रमणको गतिलाई रोक्न पूरै क्षेत्रलाई ‘बन्द’ गरेका छन् । साथै सरकारले ‘कोरोना भाइरस’को सङ्क्रमण नियन्त्रण गर्न नयाँ वर्षको बिदा लम्ब्याउने घोषणा गरेको छ।
चीनका राष्ट्रपति सी जिन्पिङले घातक ‘कोरोना भाइरस’ तीव्र गतिमा फैलिरहेको चेतावनी दिएका छन्।
माग ०४- नेकपा चौरीदेउरालीको आयोजनामा उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेला काठमाण्डौंको महादेवस्थानमा सम्पन्न भएको छ । अगुवा कार्यकर्ता भेलालाई कार्यक्रमका प्रमुख अतिथि द्वय नेकपा स्थायी
काभ्रेपलान्चोक – कोभिड १९ का कारण लामो समय ब न्द रहेको चलचित्र घरहरु माघ १ गतेदेखि पुनः संचालनमा आएको छ देशभर बन्द रहेको चलचित्र घरहरु
काभ्रे / करेन्ट लागेर शक्त घाइते भएका काभ्रे कोशीपारीका एक कर्मचारीलाई हेलिकप्टरबाट काठमाडौ ल्याइएको छ । काभ्रे कोशीपारी स्थित चौरी देउराली वडा नं ६ का