• क्रसर उद्योग चलाउन नदिए आन्दोलनमा उत्रिने व्यवसायीको चेतावनी


    एकता पोष्ट माघ ३
    नदीजन्य वस्तुको अवैधरुपले उत्खननको विरोध गरेको भन्दै केहि दिन अगाडी दिलिप कुमार महतोको हत्या भएपछी २ नम्बर प्रदेश सरकारले क्रसर उद्योगहरुमाथि कडा निगरानी थालेको छ।

    सरकारले मापदण्ड विपरितका क्रसरहरुलाई बन्द गराउनु पर्ने भन्दै जिल्लाहरु पत्र पठाइसकेको छ। लगत्तै जिल्ला समन्वय समिति धनुषाले पनि तत्कालका लागि प्रदेशका जिल्लाभरका क्रसर उद्योगहरु बन्द गराउने निर्णय गरेको छ ।

    तर यता जिल्लाले गरेको निर्णय कार्यान्वयन नहुँदै क्रसर उद्योगीहरु भने यसको बिरोधमा उत्रिएका छन् ।शक्ति प्रयोग गरेर व्यवसाय संचालनमा अवरोध सृजना गरिएको क्रसर उद्योगीको आरोप छ ।

    शुक्रबार क्रसर उद्योग संचालक समिति जनकपुरधामले प्रदेश २ का मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै दिलिप कुमारको घटनाको बिषयमा उचित छानबिन गर्नुको सट्टा आफूहरुको व्यवसायमा गैरकानूनी तरिकाबाट रोक लगाउन खोजेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

    उनीहरुले कानुन नै निर्माण नगरी उद्योग, व्यवसाय संचालनमा रोक लगाउन नहुने बताएका छन् । ‘प्रदेश सरकारले प्रहरीद्वारा कानून विपरित तबरबाट क्रसर व्यवसायमा रोक लगाएकाले हामी उद्योग बन्द गरेर आन्दोलनमा रहनेछौं’ मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयका सचिव शंकर प्रसाद सुवेदीलाई बुझाइएको ज्ञापनमा भनिएको छ, ‘आन्दोलनबाट हने क्षतिको जिम्मेबारी सम्बन्धित पक्षले नै लिनुपर्नेछ ।’

    तर यता जिल्ला समन्वय समिति धनुषाले भने तत्काल क्रसर उद्योग संचालन गर्न नदिइने जनाएको छ । अधिकांश क्रसर उद्योगहरु मापदण्डबिपरित संचालन भएको हुँदा यसको नियन्त्रणका लागि यो कदम चालिएको समन्वय समितिले जनाएको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

    • 0
    • खुसी

    • 0
    • अचम्मित

    • 0
    • दुःखी

    • 0
    • आक्रोशित

    • 0
    • यस्तै हो

    • 0
    • मन पर्‍यो

    करेन्ट लागेर शक्त घाइते गौतमलाई हेलिकप्टरबाट ल्याइयो

    • २०७७ आश्विन २३ गते, शुक्रबार २०:४५

    काभ्रे / करेन्ट लागेर शक्त घाइते भएका काभ्रे कोशीपारीका एक कर्मचारीलाई हेलिकप्टरबाट काठमाडौ ल्याइएको छ । काभ्रे कोशीपारी स्थित चौरी देउराली वडा नं ६ का

    कमाउधन्धा बचाउन अदालत मा गुहार !

    • २०७७ आश्विन २२ गते, बिहीबार ०८:०८

    प्रभा स्कुल र क्याम्पसमाथि प्रतिशोध रु एकलाख पचासी हजार बिद्यालयलाई फिर्ता दिन पुर्व अध्यक्ष भलाराज गिरीको आनाकानी : काभ्रे, अशोज २२ – काभ्रे चौरी देउराली

    नेपालमा मृतकको संख्या ८५ पुग्यो

    • २०७७ श्रावण २८ गते, बुधबार ०९:२९

    पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। ३८ वर्षीय संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा विष्णु शर्माले जानकारी दिए।