एकता पोष्ट माघ ७
मकवानपुरको एभरेष्ट पानोरमा रिसोर्टमा ‘नाइट स्टे’का लागि बसेका ८ जना पर्यटकको मृत्यु भएको छ । २ वटा कोठा लिएर बसेका ८ जना मंगलबार अचेत अवस्थामा फेला परेका थिए। मंगलबार बिहान यसरि अचेत अवस्थामा भारतीय पर्यटक फेला परेपछि होटलका अन्य कर्मचारीहरुले प्रहरीलाई सम्पर्क गरेका थिए।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले ४ महिला र ४ पुरुष गरि ८ जना भारतीय पर्यटक अचेत अवस्थामा फेला परेका र उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो , लगत्तै उनुहरुको मृत्यु भएको हो।
प्रारम्भिक अनुसन्धानको क्रममा कोठाको झ्याल, ढोका बन्द गरेर हिटर चलाएर सुतेकाले निसास्सिएर मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । यद्यपि, मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्र खुल्नेछ ।
नेपाली सेनाका बख्तरबन्द गाडी सोमबार राति काठमाडौंको चक्रपथ पक्रिमा गरेका छन्। राति १० बजे सितापाइलास्थित सेनाको ब्यारेकबाट निस्केका बख्तरबन्द गाडीले २७ किलोमिटरको चक्रपथ परिक्रमा गरे।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको असंवैधानिक कदम विरुद्ध नेपाल कम्युनिस्ट पार्टी नेकपाले शुक्रबार राजधानीमा विशाल विरोध सभा सम्पन्न गरेको छ । विरोध सभामा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको सेटिङलाई अब जनताले सडकबाट भत्काउने चेतावनी दिएका छन्। प्रचण्ड-नेपाल