• मनाङ्गेलाई पक्राउ गर्न अनुमति लिँदै प्रहरी


    एकता पोष्ट माघ ९
    गण्डकी प्रदेशका प्रदेशसभा सांसद राजीव गुरुङ (दीपक मनाङ्गे)लाई प्रहरीले पक्राउ गर्न अनुमति लिने भएको छ।

    आज प्रहरीले मनाङ्गेलाई पक्राउ गर्न जिल्ला अदालतबाट अनुमति लिई पक्राउ गर्ने तयारि गरेको छ।

    कास्की एन्फाका अध्यक्ष मिलन गुरुङले आफूमाथि आक्रमण गरेको भन्दै मनाङ्गेबिरुद्द उजुरी दिएका थिए । सोहि उजुरीमाथि छानबिनका लागि मनाङ्गेलाई पक्राउ गरिने र त्यसका लागि अदालतसँग आज अनुमति लिइने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी राजकुमार केसीले जानकारी दिए ।

    गुरुङले बुधबार बिहान पत्रकार सम्मेलन गर्दै आफूमाथि पोखरामा जारी मुख्यमन्त्री कपको उद्घाटन कार्यक्रममै मनाङ्गेले एन्फा अध्यक्ष गुरुङलाई झापड हानेको भन्दै न्यायका लागि उजुरी दिएका थिए ।

    यता मनाङ्गे भने आफुले गुरुङलाई झापड नहानेको र आफु माथि गलत आरोप लगाएको बताउदै आएका छन्। त्यस्तै उनले आफ्ना १८ जना खेलाडीलाई गुरुङले अलपत्र पारेको आरोप पनि लगाएका छन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

    • 0
    • खुसी

    • 0
    • अचम्मित

    • 0
    • दुःखी

    • 0
    • आक्रोशित

    • 0
    • यस्तै हो

    • 0
    • मन पर्‍यो

    हतियार सहित गाडी सडकमा निस्किएपछि… पूरा भिडियो

    • २०७७ माघ २० गते, मंगलवार ०९:०९

    नेपाली सेनाका बख्तरबन्द गाडी सोमबार राति काठमाडौंको चक्रपथ पक्रिमा गरेका छन्। राति १० बजे सितापाइलास्थित सेनाको ब्यारेकबाट निस्केका बख्तरबन्द गाडीले २७ किलोमिटरको चक्रपथ परिक्रमा गरे।

    नेकपाको विशाल जुलुश/आमसभाका तस्बिरहरु हेर्नुहोस

    • २०७७ माघ ९ गते, शुक्रबार १७:३३

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको असंवैधानिक कदम विरुद्ध नेपाल कम्युनिस्ट पार्टी नेकपाले शुक्रबार राजधानीमा विशाल विरोध सभा सम्पन्न गरेको छ । विरोध सभामा

    प्रचण्डले भने- सडकमा उर्लिएको जनसागरलाई अदालतले पनि देख्यो होला

    • २०७७ माघ ९ गते, शुक्रबार १६:५५

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको सेटिङलाई अब जनताले सडकबाट भत्काउने चेतावनी दिएका छन्। प्रचण्ड-नेपाल