एकता पोष्ट माघ १५
लेस्टर सिटीलाई हराउँदै एस्टन भिल्ला काराबाओ (इएफएल) कप फुटबलको एस्टन भिल्ला प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा एस्टन भिल्लाले लेस्टर सिटीलाई २–१ गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
माट टारगेट र ट्रेजीग्वेटले गरेको गोलले घरेलु मैदानमा एस्टन भिल्लालाई जिताउन सहयोग गर्यो।
लेस्टरका तर्फबाट केलिची इहेनाचोले सान्त्वना गोल फर्काउदै टिमलाई राहत दिलायो। सुरुवाती अग्रता लिएको एस्टन भिल्लाले १२औं मिनेटमा माट टारगेटले ज्याक ग्रियालिसको पासमा गोल गर्दै भिल्लालाई अग्रता दिलाए ।
पुन:लेस्टरले ७२औं मिनेटमा बराबरी गोल फर्कायो । लेस्टरका केलिची इहेनाचोले बराबरी गोल फर्काए । दोस्रो हाफको इन्जुरी समयमा ट्रेजीग्वेटले अहमेद अल महामादीको पासमा गोल गर्दै भिल्लाको जित सुनिश्चित पारेका थिए ।
जितसंगै अब फाइनलमा भिल्लाले म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यी दुई टोलीबीच सेमिफाइनलको दोस्रो खेल बुधबार (आज) राति हुनेछ ।
नेपाली सेनाका बख्तरबन्द गाडी सोमबार राति काठमाडौंको चक्रपथ पक्रिमा गरेका छन्। राति १० बजे सितापाइलास्थित सेनाको ब्यारेकबाट निस्केका बख्तरबन्द गाडीले २७ किलोमिटरको चक्रपथ परिक्रमा गरे।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको असंवैधानिक कदम विरुद्ध नेपाल कम्युनिस्ट पार्टी नेकपाले शुक्रबार राजधानीमा विशाल विरोध सभा सम्पन्न गरेको छ । विरोध सभामा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको सेटिङलाई अब जनताले सडकबाट भत्काउने चेतावनी दिएका छन्। प्रचण्ड-नेपाल