• सुनका गहनाका लागी सासुको हत्या


    एकता पोष्ट पुस २२
    २ जना बुहारीले सुनाका गहना लुट्न आफ्नी बृद्ध सासुको हत्या गरेका छन् । गुल्मीको इस्मा गाउँपालिका–३ सिमपानीकी देवी विक र लक्ष्मी विकले आफ्नी ७६ वर्षीया सासु कौशिला विकको हत्या गरेका हुन् ।

    जिल्ला प्रहरी कार्यालय गुल्मी डिएसपी मिनबहादुर घलेका अनुसार दुवै जनाले सासुले लगाएको सुनका गहना लुट्ने योजनाका साथ उनको हत्या गरेका हुन् ।
    प्रहरीका अनुसार घटना भने पुस १७ गतेको हो । देवी र लक्ष्मीले आफ्नी सासुलाई गोरुले हानेको भन्दै उपचारका लागि गुल्मी अस्पताल ल्याएका थिए ।
    तर, कौशिलाले लगाएका गहना नदेखिएपछि उनका केही आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

    कौशिलाको गुल्मीमा उपचार हुन नसकेपछि बुटवलस्थित प्रादेशिक अस्पतालमा रेफर गरिएको थियो । उपचारकै क्रममा १९ गते कौशिलाको मृत्यु भएपछि प्रहरीले घटनाबारे अनुसन्धान शुरु गरेको थियो ।

    अनुसन्धानका क्रममा २ जना बुहारीले दाउराले हानेर घाइते बनाइ उनको गहना लुटेको देखिएको डिएसपी घलले जानकारी दिए ।
    अहिले देवी र लक्ष्मी दुवै जनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

    • 0
    • खुसी

    • 0
    • अचम्मित

    • 0
    • दुःखी

    • 0
    • आक्रोशित

    • 0
    • यस्तै हो

    • 0
    • मन पर्‍यो

    करेन्ट लागेर शक्त घाइते गौतमलाई हेलिकप्टरबाट ल्याइयो

    • २०७७ आश्विन २३ गते, शुक्रबार २०:४५

    काभ्रे / करेन्ट लागेर शक्त घाइते भएका काभ्रे कोशीपारीका एक कर्मचारीलाई हेलिकप्टरबाट काठमाडौ ल्याइएको छ । काभ्रे कोशीपारी स्थित चौरी देउराली वडा नं ६ का

    कमाउधन्धा बचाउन अदालत मा गुहार !

    • २०७७ आश्विन २२ गते, बिहीबार ०८:०८

    प्रभा स्कुल र क्याम्पसमाथि प्रतिशोध रु एकलाख पचासी हजार बिद्यालयलाई फिर्ता दिन पुर्व अध्यक्ष भलाराज गिरीको आनाकानी : काभ्रे, अशोज २२ – काभ्रे चौरी देउराली

    नेपालमा मृतकको संख्या ८५ पुग्यो

    • २०७७ श्रावण २८ गते, बुधबार ०९:२९

    पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। ३८ वर्षीय संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा विष्णु शर्माले जानकारी दिए।