• गण्डकी प्रदेशअन्तर्गतका सम्पूर्ण स्थानीय तहहरुमा ‘हेलिप्याड’ बन्ने


    एकता पोष्ट पुस २९
    गण्डकी प्रदेशअन्तर्गतका सम्पूर्ण ८५ वटै स्थानीय तहहरुमा ‘हेलिप्याड’ निर्माण अभियान ल्याएको छ ।

    स्थानीय तहमा हुन सक्ने विपद् तथा त्यसको व्यवस्थापन एवम् आपत्कालीन उद्धारका सहज बनाउने उद्देश्यले ‘हेलिप्याड’ निर्माणको अभियान थालिएको बताइएको छ।

    गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेशका सबै स्थानीय तहमा ‘हेलिप्याड’ निर्माण गर्न लागेको जानकारी दिए ।

    यसकालागी प्रदेश सरकारले म्याग्दी, गोर्खा, मनाङ र मुस्ताङमा हेलिप्याड निर्माण गर्न आर्थिक वर्ष २०७५/७६ को बजेटमा करिब आठ लाख छुट्याएको छ। तत्काललाई ८ लाख बजेट बिनियोजन गरिएको भएता पनि त्यतिले मात्र पर्याप्त नहुने भएकाले स्थानीय तहहरूसँग छलफल गरी आगामी आवमा यथेष्ट बजेट विनियोजन गरिनेसमेत लम्सालले बताएका छन।

    यी चार जिल्लामा चालु आर्थिक वर्षभित्रै हेलिप्याड निर्माण गरिसक्ने र हेलिप्याड निर्माणपछि आकस्मिक बिरामी र दुर्घटनाका घाइतेलाई तत्कालै उद्धार गरी अस्पतालसम्म पुर्‍याउन तथा पर्यटकीय क्षेत्रमा हेलिकप्टरमार्फत पर्यटकलाई सहजरूपमा आवतजावत गर्न सहयोग पुग्ने मन्त्रि लम्सालले जानकारी दिए।

    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

    • 0
    • खुसी

    • 0
    • अचम्मित

    • 0
    • दुःखी

    • 0
    • आक्रोशित

    • 0
    • यस्तै हो

    • 0
    • मन पर्‍यो

    नेपालमा मृतकको संख्या ८५ पुग्यो

    • २०७७ श्रावण २८ गते, बुधबार ०९:२९

    पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। ३८ वर्षीय संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा विष्णु शर्माले जानकारी दिए।

    आइसोलेसन अस्पतालमा उपचाररतः दुई पुरूषको मृत्यु

    • २०७७ श्रावण २८ गते, बुधबार ०८:५८

    आइसोलेसन अस्पतालमा उपचाररतः दुई जनाको बुधबार बिहान मृत्यु भएको छ। यहि साउन २५ गते अस्पतालमा भर्ना भएका ४५ वर्षीय र मंगलबार भर्ना भएका २५ वर्षका

    काभ्रेमा पाँच प्रहरीसहित थप छजनामा कोरोना

    • २०७७ श्रावण २४ गते, शनिबार १६:०६

    काभ्रेमा पाँचजना प्रहरीसहित थप छजनामा कोरोना संक्रमण पुष्टि भएको छ । बनेपा नगरपालिकाको जनागालमा रहेको संघीय प्रहरी इकाइ जनागालमा कार्यरत् पाँच प्रहरीमा कोरोना संक्रमण पुष्टि