एकता पोष्ट माघ १३
भारतबाट अनौपचारिक माध्यमबाट नेपाल भित्रिने पैसा औपचारिक रूपमै आउन थालेपछि पछिल्लो समय दक्षिणी छिमेकबाट आउने विप्रेषण बढ्न थालेको छ । पछिल्लो समय नेपाली रेमिट्यान्स कम्पनीले भारतबाटै सेवा प्रदान गर्दै आएका छन्, जसको फलस्वरूप पछिल्लो समय कुल विप्रेषण आप्रवाहमा भारतको अंश पनि बढ्दै गएको देखिन्छ ।
गत आर्थिक वर्ष २०७५र७६ मा भारतबाट रू. १ खर्ब २८ अर्ब विप्रेषण नेपाल भित्रिएको छ, जुन कुल विपे्रषण आप्रवाहको १४ दशमलव ६२ प्रतिशत अंश हो । गत आवमा रू. नेपालमा ८ खर्ब ७९ अर्ब विप्रेषण भित्रिएको थियो । आव २०७४र७५ मा कुल विप्रेषण आप्रवाहमा भारतको १३ दशमलव ३८ प्रतिशत अंश थियो ।
नेपाल राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको ‘नेपालमा विप्रेषण आप्रवाहको स्थिति’ प्रतिवेदनअनुसार चालू आवको पहिलो चौमासमा नेपालमा विप्रेषण पठाउने मुलुकमध्ये भारत दोस्रो स्थानमा छ । पहिलो चौमासमा भारतबाट रू. ४३ अर्ब १६ करोड नेपाल भित्रिएको छ, जुन समीक्षा अवधिमा भित्रिएको कुल विप्रेषणको १४ दशमलव २ प्रतिशत अंश हो ।
पहिलो स्थानमा रहेको कतारदेखि भने पहिलो चौमासमा रू. ५३ अर्ब ९३ करोड आएको छ । कुल विप्रेषणमा कतारको हिस्सा १७ दशमलव ७ प्रतिशत छ । तथ्यांकअनुुसार कुल विप्रेषणमध्ये खाडी मुलुकहरूको अंश ५० दशमलव ३ प्रतिशत छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा ममता थापाले लेखेकी छिन् ।
एकता पोष्ट माघ १५ भारतीय पाम आयल व्यवसायीहरुले पाम आयल आयात गर्दा नेपाललाई दिइरहेको भन्सार दर छूट हटाउन भारत सरकारसँग लबिङ सुरु गरेका छन् ।
एकता पोष्ट माघ १४ गत शनिबारबाट ठप्प हवाई इन्धन ढुवानी गर्ने ट्यांकर चालक र ढुवानी व्यवसायी बीच ४ बुँदे सहमति भएसंगै पुन: सुचारु भएको छ।
एकता पोष्ट माघ १४ भारतले प्रशोधित पाम आयल आयातमा रोक लगाएको झन्डै ३ हप्तापछि नेपाल सरकारले नेपालबाट भारतमा हुने पाम आयलको निर्यात खुलाउन पहिलोपटक औपचारिक