एकता पोष्ट माघ १४
जाउलाखेल युथ क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा फर्किएको छ ।
नवौं चरणको मंगलबार भएको खेलमा आर्मीले जाउलाखेललाई १-० ले पराजित गर्दै पुन: शिर्ष स्थानमा फर्किएको हो।
आर्मीलाई जिताउनका लागि कप्तान भारत खावासको गोल नै निर्णायक बन्यो। एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा खवासले ७४ औं मिनेटमा गोल गरे । सन्तोष तामाङको लामो क्रसमा पेनाल्टी बक्सबाट भरतले उत्कृष्ट गोल गरेका थिए ।
यस सिजन छैटौं जीत हात पारेको आर्मीले ९ खेलबाट २० अंक जोडेर मछिन्द्रलाई १ अंकले पछि पार्दै शिर्ष स्थानमा उक्लिएको छ। आर्मी यस सिजन मनाङ मर्स्याङ्दीसंग मात्र पराजित भएको छ । समान खेलबाट १९ अंकसहित मछिन्द्र दोस्रो स्थानमा छ ।
९ खेलबाट १२ अंक रहेको जाउलाखेल गोल अन्तरमा संकटा क्लबसंग पछि पर्दै आठौंमा झरेको छ ।
काभ्रेका खेलाडीलाई समाजसेवि तथा युवा नेता रत्नकुश रन्जितको सहयोग काभ्रेपलान्चोक – बनेपा नगरपालिकाका युवा व्यवसायी रत्नकुश रंजित पछिल्लो समयमा खेलाडिहरुको मनमा बस्न सफल हुनुभएको छ
एकता पोष्ट माघ १५ लेस्टर सिटीलाई हराउँदै एस्टन भिल्ला काराबाओ (इएफएल) कप फुटबलको एस्टन भिल्ला प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा एस्टन भिल्लाले
एकता पोष्ट माघ १५ आज काठमाडौंमा जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टोलीबीचको