• कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि सार्वजनिक यातायात बन्द


    एकता पोष्ट माघ ९
    कोरोना भाइसरको प्रकोप बिस्तारै फैलदै गएपछि चीनको बुहानमा सार्वजनिक यातायात तथा उडान सेवाहरु बन्द गरिएको छ ।

    कोरोनाको प्रकोप थप बढ्न नदिन सुरुवाती बिन्दु मानिएको बुहानमा सार्वजनिक यातायात बन्द गरिएको हो। यसबाट झन्डै १ करोड १० लाख भन्दा बढी मानिस प्रभावित भएका छन।

    बीबीसीका अनुसार, संक्रमित क्षेत्रबाट अन्य स्थानमा कोरोना भाइरस पुग्ने खतरा बढेपछि सहरमा बस्ने सबै नागरिकलाई एक साता कहीँ कतै पनि ननिस्कन त्यहाँको सरकारले उर्दी जारी गरेको छ । त्यस्तै, अन्य स्थानबाट वुहानमा नआउन पनि भनिएको छ ।

    अस्थायीरुपमा सार्वजनिक यातायात बन्द हुँदा मानिसहरुको आवातजावात रोकिने र संक्रमण पनि फैलन कम हुने दावी गरिएको छ । कोरोना भाइरसका कारण चीनमा अहिलेसम्म १७ जनाको मृत्यु भइसकेको छ भने ५ सय भन्दा बढी संक्रमित भएको बताइएको छ ।

    स्वासप्रस्वासमा समस्या हुने तथा उच्च ज्वरो आउनेसहितका लक्ष्यण देखिदै मानिसको मृत्यु नै हुन थालेपछि कोरोनाकाबिरुद्ध संसारभर सतर्कता अपनाइएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

    • 0
    • खुसी

    • 0
    • अचम्मित

    • 0
    • दुःखी

    • 0
    • आक्रोशित

    • 0
    • यस्तै हो

    • 0
    • मन पर्‍यो

    कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

    • २०७६ माघ १४ गते, मंगलवार ११:५४

    एकता पोष्ट माघ १४ कोरोनाभाइरसको महामारीबाट चीनमा ज्यान गुमाउनेको सङ्ख्या मङ्गलबार १ सय ६ पुगेको छ । चीनको खूबे प्रान्त प्रशासनका अनुसार मंगलबारसम्म प्रान्तमा १३

    चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८१ पुग्यो

    • २०७६ माघ १३ गते, सोमबार १९:४७

    एकता पोष्ट माघ १३ चीनको वुहानमा फैलिएको कोरोना भाइरसको प्रकोपबाट मृत्यु हुनेको संख्या ८१ जना पुगेको छ। कोरोनाबाट संक्रमित हुनेको संख्या भने ३ हजार भन्दा

    ८० जना यात्रु बोकेको विमान अफगानिस्तानमा दुर्घटना

    • २०७६ माघ १३ गते, सोमबार १९:३४

    एकता पोष्ट माघ १३ पूर्वी अफगानिस्तानमा सोमबार ८० जना यात्रु बोकेको विमान दुर्घटनाग्रस्त भएको छ। एरियाना एयरलाइन्सको बोइङ ७३७–४०० विमान गजनी प्रान्तको देह याक जिल्लामा