• ओली र मोदीबीचको भिडियो कन्फेरेन्समा मोदीले भने , ‘फेरी भेट होला ‘


    एकता पोष्ट माघ ७
    प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विराटनगरमा निर्मित एकीकृत जाँच चौकी मङ्गलबार भिडियो कन्फ्रेन्सका माध्यमबाट संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

    भारत सरकारले निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको उक्त चौकीको ओलीले काठमाडौं र मोदीले दिल्लीबाट स्वीच थिचेर संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

    विराटनगरमा निर्माण सकिएको इन्टिग्रेटेड चेकपोस्ट र गोरखा र नुवाकोटमा बनेका ५० हजार घर हस्तान्तरण गर्न मंगलबार बिहान प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भिडियो कन्फेरेन्स भएको थियो।

    प्रधानमन्त्री ओलीले अङ्ग्रेजी भाषामा सम्बोधन गर्दा मोदीले भने नेपाली र हिन्दी भाषा प्रयोग गरे। सम्बोधनको क्रममा मोदीले ‘नेपाली जनतालाई कस्तो छ?’ भन्दै हालखबर पनि सोधेका थिए।

    त्यस्तै प्रधानमन्त्री ओलीको सुस्वास्थ्यको कामना गर्दै मोदीले ओली नेतृत्वको सरकारको सहयोग र समर्थनले दुई देशबीचको सम्बन्धलाई आगामी दिनमा थप नयाँ उचाईमा लैजान सक्ने विश्वाससमेत व्यक्त गरे । प्रधानमन्त्री ओलीले नेपाल र भारत दुवै मुलुकमा स्थिर र बहुमतको सरकार रहेका कारण आपसमा अल्झिएका मुद्दाहरुलाई मिलेर सुल्झाउन सकिने चर्चा गरेका थिए ।

    प्रधानमन्त्रीले आफुलाई पुन: नेपाल भ्रमणका लागी बोलाएकोमा आफुलाई गर्ब लागेको बताए। साथै यो बर्ष आफुले नेपाल घुम्ने योजना बनाइरहेको हुँदा नेपाल आए ‘फेरी भेटहोला’ भन्दै नेपाली मै आफ्नो भाब व्यक्त गरेका छन्।

    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

    • 0
    • खुसी

    • 0
    • अचम्मित

    • 0
    • दुःखी

    • 0
    • आक्रोशित

    • 0
    • यस्तै हो

    • 0
    • मन पर्‍यो

    करेन्ट लागेर शक्त घाइते गौतमलाई हेलिकप्टरबाट ल्याइयो

    • २०७७ आश्विन २३ गते, शुक्रबार २०:४५

    काभ्रे / करेन्ट लागेर शक्त घाइते भएका काभ्रे कोशीपारीका एक कर्मचारीलाई हेलिकप्टरबाट काठमाडौ ल्याइएको छ । काभ्रे कोशीपारी स्थित चौरी देउराली वडा नं ६ का

    कमाउधन्धा बचाउन अदालत मा गुहार !

    • २०७७ आश्विन २२ गते, बिहीबार ०८:०८

    प्रभा स्कुल र क्याम्पसमाथि प्रतिशोध रु एकलाख पचासी हजार बिद्यालयलाई फिर्ता दिन पुर्व अध्यक्ष भलाराज गिरीको आनाकानी : काभ्रे, अशोज २२ – काभ्रे चौरी देउराली

    नेपालमा मृतकको संख्या ८५ पुग्यो

    • २०७७ श्रावण २८ गते, बुधबार ०९:२९

    पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। ३८ वर्षीय संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा विष्णु शर्माले जानकारी दिए।