• महिलाको ज्यान लैजाने छाउपडी प्रथा किन मान्ने : मन्त्रि गुरुङ


    एकता पोष्ट माघ ५
    महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सुदूरपश्चिमका जिलाहरुमा रहेको छाउपडी प्रथा अन्त्य गर्नुपर्ने बताएका छन् ।

    सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहेका मन्त्रि गुरुङले छाउपडी प्रथाका कारण सुदूरपश्चिमको सान घट्दै गएकाले आफ्नो सान उच्च राख्न भए पनि सबै मिलेर छाउपडी अन्त्य गर्नुपर्ने बताए । सञ्चारकर्मीसँग आइतबार संक्षिप्त कुराकानी गर्दै मन्त्री गुरुङले भने, ‘छाउपडी प्रथाकाकै कारण कयौँ महिला दिदीबहिनीको अकालमै ज्यान गइसकेको छ, यस्तो ज्यान लाने प्रथा हामी किन मान्ने ?’

    छौपधि प्रथासंगै मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बारेमा बोल्दै यो संसदबाट नै पारित हुने बताए । उनले भने, ‘एमसीसी नेपाल र नेपालीको हितमा छ, अनावश्यक विवाद गर्नु जरुरी छैन् ।’ एमसीसीबारे बहस हुनु राम्रो भए पनि विवाद देखाउनु अनुचित भएको उनको भनाइ थियो । मन्त्री गुरुङ छाउपडी प्रथाको बारेमा बुझ्न आजै अछाम गएका छन् । उनको साथमा सांसद प्रेमबहादुर आलेमगरसहितको टोली रहेको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

    • 0
    • खुसी

    • 0
    • अचम्मित

    • 0
    • दुःखी

    • 0
    • आक्रोशित

    • 0
    • यस्तै हो

    • 0
    • मन पर्‍यो

    नेपालमा मृतकको संख्या ८५ पुग्यो

    • २०७७ श्रावण २८ गते, बुधबार ०९:२९

    पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। ३८ वर्षीय संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा विष्णु शर्माले जानकारी दिए।

    आइसोलेसन अस्पतालमा उपचाररतः दुई पुरूषको मृत्यु

    • २०७७ श्रावण २८ गते, बुधबार ०८:५८

    आइसोलेसन अस्पतालमा उपचाररतः दुई जनाको बुधबार बिहान मृत्यु भएको छ। यहि साउन २५ गते अस्पतालमा भर्ना भएका ४५ वर्षीय र मंगलबार भर्ना भएका २५ वर्षका

    काभ्रेमा पाँच प्रहरीसहित थप छजनामा कोरोना

    • २०७७ श्रावण २४ गते, शनिबार १६:०६

    काभ्रेमा पाँचजना प्रहरीसहित थप छजनामा कोरोना संक्रमण पुष्टि भएको छ । बनेपा नगरपालिकाको जनागालमा रहेको संघीय प्रहरी इकाइ जनागालमा कार्यरत् पाँच प्रहरीमा कोरोना संक्रमण पुष्टि