एकता पोष्ट माघ १३
पूर्वी अफगानिस्तानमा सोमबार ८० जना यात्रु बोकेको विमान दुर्घटनाग्रस्त भएको छ। एरियाना एयरलाइन्सको बोइङ ७३७–४०० विमान गजनी प्रान्तको देह याक जिल्लामा दुर्घटना ग्रस्त भएको हो।
तालिबानी लडाकुहरुको कब्जामा रहेको गजनी प्रान्तअन्तर्गत पर्ने हेड यक जिल्लाको पहाडी क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको हो। प्राविधिक गडबडीका कारण विमानमा आगो लाग्न पुगेको प्रान्तीय प्रवक्ता आरिफ नुरीले बताएका छन्।
एयरलाइन्सले सुरुमा विमान गन्तब्यमा पुगिसकेको बताएता पनि पछि विमान दुर्घटना भएको स्वीकार गरेको थियो।
एकता पोष्ट माघ १४ कोरोनाभाइरसको महामारीबाट चीनमा ज्यान गुमाउनेको सङ्ख्या मङ्गलबार १ सय ६ पुगेको छ । चीनको खूबे प्रान्त प्रशासनका अनुसार मंगलबारसम्म प्रान्तमा १३
एकता पोष्ट माघ १३ चीनको वुहानमा फैलिएको कोरोना भाइरसको प्रकोपबाट मृत्यु हुनेको संख्या ८१ जना पुगेको छ। कोरोनाबाट संक्रमित हुनेको संख्या भने ३ हजार भन्दा
एकता पोष्ट माघ १३ अमेरिकी बास्केटबल खेलाडी कोबी ब्रायन्टसहित चढेका ९ जनाको हेलिकोप्टर दुर्घटनामा परि मृत्यु भएको छ । ४२ वर्षीय कोबी १३ वर्षीया छोरी