एकता पोस्ट पुस २०
कास्की : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता एवम् सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभा सदस्यको उम्मेदवारका रुपमा मनोनयन दर्ता गराएका छन् ।
नेकपा प्रवक्ता श्रेष्ठले गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् ।
सत्तारुढ नेकपाले गण्डकी प्रदेशबाट अन्यमा नेता श्रेष्ठ र महिलामा भगवती न्यौपानेलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाएको छ ।
नेकपा नेता श्रेष्ठले गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतको प्रस्ताव र गण्डकी प्रदेशसभा सदस्य दिलमाया रोकाको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् ।
यस्तै, नेकपा नेतृ भगवती न्यौपानले गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङको प्रस्ताव र पोखरा उपमहानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङको समर्थनमा उम्मेदावरी दर्ता गराएकी छन् ।
राष्ट्रिय सभामा २ वर्षे कार्यकाल सकिएका १९ जना सदस्यका लागि माघ ९ गते निर्वाचन हुँदै छ ।
एकता पोष्ट माघ १४ सर्बोच्च अदालतले सभामुख अग्नि सापकोटाबिरुद्द लागेको काभ्रेका अर्जुन लामाको हत्यामाथिको अनुसन्धान स्थितिबारे के छ भनि सरकारलाई प्रश्न गरेको छ। काभ्रेका अर्जुन
एकता पोष्ट माघ १४ अग्नि सापकोटा सभामुखमा निर्वाचित भएपछि पहिलोपटक बसेको मंगलबारको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । नवनिर्वाचित सभामुख सापकोटाले माघ १७ गते
एकता पोष्ट माघ १३ आज बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले ०७७ फागुन ७ देखि १० सम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने निर्णयलाई अनुमोदन गरेको