• प्रदेश १ मा ४ जना राज्यमन्त्रि थपिए


    एकता पोष्ट माघ ५
    प्रदेश १ का मुख्यमन्त्री शेत्रधन राईद्वारा मन्त्रिपरिषद् विस्तार गरेका छन् । राइले प्रदेश १मा आइतबार चार राज्यमन्त्री नियुक्त गरेका हुन्। नियुक्त हुने राज्यमन्त्रीहरुमा ओखलढुंगाका अम्बिर गुरुङ, इलामका रामबहादुर मगर, झापाकी जसमाया गजमेर र मोरङका विजयकुमार विश्वास रहेका छन्

    गजमेरलाई सामाजिक विकास, गुरुङलाई भौतिक पूर्वाधार, मगरलाई भूमि कृषि तथा सहकारी र विश्वासलाई पर्यटन राज्यमन्त्रीको जिम्मेवारी लिइएको छ ।

    शनिबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश कमिटीले मन्त्री नियुक्त गर्न निर्देशन दिएपछि प्रदेश १ का निमित्त सचिव गोपीप्रसाद घिमिरेले आइतबार एक विज्ञप्ति जारी गरी मुख्यमन्त्री राईले संविधानको धारा १६८ को उपधार (९) बमोजिम मन्त्री नियुक्त गरेको हो।

    नवनियुक्त राज्यमन्त्रीहरुले आइतबार नै सपथ लिएका छन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

    • 0
    • खुसी

    • 0
    • अचम्मित

    • 0
    • दुःखी

    • 0
    • आक्रोशित

    • 0
    • यस्तै हो

    • 0
    • मन पर्‍यो

    नेपालमा मृतकको संख्या ८५ पुग्यो

    • २०७७ श्रावण २८ गते, बुधबार ०९:२९

    पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। ३८ वर्षीय संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा विष्णु शर्माले जानकारी दिए।

    आइसोलेसन अस्पतालमा उपचाररतः दुई पुरूषको मृत्यु

    • २०७७ श्रावण २८ गते, बुधबार ०८:५८

    आइसोलेसन अस्पतालमा उपचाररतः दुई जनाको बुधबार बिहान मृत्यु भएको छ। यहि साउन २५ गते अस्पतालमा भर्ना भएका ४५ वर्षीय र मंगलबार भर्ना भएका २५ वर्षका

    काभ्रेमा पाँच प्रहरीसहित थप छजनामा कोरोना

    • २०७७ श्रावण २४ गते, शनिबार १६:०६

    काभ्रेमा पाँचजना प्रहरीसहित थप छजनामा कोरोना संक्रमण पुष्टि भएको छ । बनेपा नगरपालिकाको जनागालमा रहेको संघीय प्रहरी इकाइ जनागालमा कार्यरत् पाँच प्रहरीमा कोरोना संक्रमण पुष्टि