एकता पोष्ट माघ १३
प्रदेश नं २ को स्थायी राजधानी जनकपुरधाम राख्ने सहमति भएको छ । सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित संसदीय विशेष समितिमा सो सहमति भएको हो ।
समितिको आज बसेको बैठकमा स्थायी राजधानी जनकपुरधामका साथै उत्तरमा धनुषा जिल्लाको मिथिला नगरपालिकाको ढल्केवर, दक्षिणमा भारतको अन्तर्राष्ट्रिय सीमा तथा पूर्व र पश्चिममा मिथिला माध्यमिकी परिक्रमा क्षेत्रसम्म राजधानीको सीमा समेतमा सहमति भएको छ ।
सभामुख यादवका अनुसार समितिका सदस्यका साथै प्रदेशसभामा दर्ता गराउने प्रस्तावक, समर्थक र संशोधनकर्ता समेतसँग छलफल गरी उक्त सहमति कायम भएको छ । गत भदौ ५ गते विभिन्न दल र दलका प्रस्तावप्रति असहमति राख्ने सदस्यले प्रदेशसभामा स्थायी राजधानी र प्रदेशको नामबारे प्रस्ताव दर्ता गराएका थिए ।
विशेष समितिमा स्थायी राजधानीका सन्दर्भमा भएको सहमतिलाई प्रदेशसभामा दुई तिहाइ मतले पारित गरिएपछि स्थायी राजधानीको टुङ्गो लाग्नेछ ।
काभ्रेपलान्चोक – कोभिड १९ का कारण लामो समय ब न्द रहेको चलचित्र घरहरु माघ १ गतेदेखि पुनः संचालनमा आएको छ देशभर बन्द रहेको चलचित्र घरहरु
काभ्रे / करेन्ट लागेर शक्त घाइते भएका काभ्रे कोशीपारीका एक कर्मचारीलाई हेलिकप्टरबाट काठमाडौ ल्याइएको छ । काभ्रे कोशीपारी स्थित चौरी देउराली वडा नं ६ का
प्रभा स्कुल र क्याम्पसमाथि प्रतिशोध रु एकलाख पचासी हजार बिद्यालयलाई फिर्ता दिन पुर्व अध्यक्ष भलाराज गिरीको आनाकानी : काभ्रे, अशोज २२ – काभ्रे चौरी देउराली