• अभिनेता संजयको संयोजकत्वमा डोल्पाको दुनेमा अपाङ्गमैत्री विद्यालयको निर्माण हुँदै

    एकता पोस्ट ४ माघ

    डोल्पाको सदरमुकाम दुनेमा अपाङ्गमैत्री विद्यालयको निर्माण हुने भएको छ । भौतिक एवम् शैक्षिक विकासबाट पछाडि रहेको क्षेत्रलाई छनौट गरि विकासोन्मुख कर्णाली क्षेत्रमा शिक्षाको विकासका निमित्त विद्यालय निर्माण गरिन लागिएको हो ।

    सदरमुकामको ठुलीभेरी नगरपालिका दुनैमा अपाङ्ग मैत्री मुकुटेस्वर बाल विद्यालय निर्माण हुने भएको छ । हाल अपाङ्गता भएका ३० जना भन्दा बढी बालबालिकाहरु रहेको मुकुटेस्वर सेवा आश्रमको केही समय पहिले डोल्पाबाट प्रतिनिधित्व गर्ने पूर्व शान्ति मन्त्री तथा सांसद सत्य पहाडी, क्लबकी अध्यक्ष सरिता चन्द र नायक संजय खतिवडालगायतले स्थलगत अबलोकन गरे पश्चात बालबालिकाहरुकोलागि ८ कोठे विद्यालय भवन निर्माण हुन भएको हो ।

    ठुलीभेरी नगरपालिका दुनैमा करिब १ करोडको लगानीमा निर्माण सुरु हुनलागेको मुकुटेश्वर आभारभुत विद्यालयको निर्माण शिलन्यास सुरु हुदैंछ । समाजसेवी अर्जुनबहादुर शाहलीले सो विद्यालय निर्माणका लागि २ रोपनी जग्गा उपलब्ध गराएका छन् ।

    प्रदेश सरकार र लाइन्स कल्ब अफ न्यू वेभका ३९ जना सदस्यहरुको सहयोगमा ४ कोठा पठनपाठन, २ कोठा बस्न, २ कोठा भान्सा र शौचालयको लागि गरी ८ कोठाको भवन निर्माण हुन लागेको हो । अभिनेता संजय खतिवडा लाइन्स क्लब अफ न्यु वेभको संयोजक समेत रहेका छन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

    • 0
    • खुसी

    • 0
    • अचम्मित

    • 0
    • दुःखी

    • 0
    • आक्रोशित

    • 0
    • यस्तै हो

    • 0
    • मन पर्‍यो

    हतियार सहित गाडी सडकमा निस्किएपछि… पूरा भिडियो

    • २०७७ माघ २० गते, मंगलवार ०९:०९

    नेपाली सेनाका बख्तरबन्द गाडी सोमबार राति काठमाडौंको चक्रपथ पक्रिमा गरेका छन्। राति १० बजे सितापाइलास्थित सेनाको ब्यारेकबाट निस्केका बख्तरबन्द गाडीले २७ किलोमिटरको चक्रपथ परिक्रमा गरे।

    नेकपाको विशाल जुलुश/आमसभाका तस्बिरहरु हेर्नुहोस

    • २०७७ माघ ९ गते, शुक्रबार १७:३३

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको असंवैधानिक कदम विरुद्ध नेपाल कम्युनिस्ट पार्टी नेकपाले शुक्रबार राजधानीमा विशाल विरोध सभा सम्पन्न गरेको छ । विरोध सभामा

    प्रचण्डले भने- सडकमा उर्लिएको जनसागरलाई अदालतले पनि देख्यो होला

    • २०७७ माघ ९ गते, शुक्रबार १६:५५

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको सेटिङलाई अब जनताले सडकबाट भत्काउने चेतावनी दिएका छन्। प्रचण्ड-नेपाल