कृष्ण समीप सुवेदीको ‘चल न माया चल’ बोलको गीत सार्वजनिक गरिएको छ। शुक्रबार गायक समीपको गीत युट्युबमार्फत् सार्वजनिकगरिएको हो। गीतमा विभिन्न क्षेत्रको सांस्कृतिक परम्परा र परम्परागत शब्दहरुलाई समेट्ने प्रयास गरिएको उक्त गीतका शब्द संकलक र संगीतकारसमेत रहेका गायक समीपले बताए। भिडियो निर्देशक सन्तोष राजबाहकले गीत अनुसार भिडियो उत्कृस्ट बनाएका छन् । सन्तोष पछिल्लो समय सम्भावना बोकेको निर्देशकको रुपमा उदाई रहेका छन् ।
सुदूरपश्चिम क्षेत्रमा ‘चल न माया चल’ को अर्थ जाउँ न माया जाउँ हुने उनले बताए। थुप्रै चर्चित गीतहरुका सर्जकसमेत रहेका कृष्ण समीपको ‘शिरशिर बतास, मेरो हितैको मायालु कुन्नी कता छ’ गीत अझै पनि धेरैको स्मरणमा रहेको छ। भिडियोमा सुन्दर र जुना सुन्दासलाई फिचरिङ गरिएको छ। ज्ञानेन्द्र शर्मा हुमागाईँको छायांकन रहेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन्।
छोटो समयमा भाइरल भएको न्युरोड-संकटा सडकमाथि राखिएको छाता हटाउन सुरू गरिएको छ। कोरोना महामारीपछि सुस्ताएको बजार चलायमान बनाउने भन्दै स्थानीय व्यापारी र संकटा क्लबले सडकमाथि
निकै आशा लाग्दो लोक दोहोरी गित “बिर्से पापिलाई” सार्वजनिक भएको छ । गितमा स्वर गायिका सुमित्रा सत्याल र गायक राजु बिरही सापकोटाको रहेको छ ।
बिगत ३ बर्ष देखि अस्ट्रेलिया बस्दै आएकी आना ढकालले अस्ट्रेलियामा फोटो शुट गरेकी छिन् । ग्ल्यामर फोटो ग्राफर नबिन चौतारियालेम उनको फोटो कैद गरेका हुन्।