• उखुको भुक्तानी नदिने महालक्ष्मी सुगरमिलमा तालाबन्दी


    एकता पोस्ट पुस १८
    उखु किसानको रु २० करोड बाँकी बक्यौता नतिर्ने सर्लाहीको गोडैता नगरपालिका–६ बङ्गदहको महालक्ष्मी सुगरमिलमा आज उखु किसानले तालाबन्दी गरेका छन् ।

    गत वर्षबाट सञ्चालन शुरु गरेको उद्योगले उखु किसानको रु २० करोड बाँकी बक्यौता नै नतिरी यस वर्ष पनि आफूखुशी गुपचुपरूपमा चलान वितरण शुरु गरेपछि किसान आक्रोशित भएका हुन् ।

    उखु किसानको गत वर्षको बाँकी बक्यौता रकमवापत रु २० करोड बाँकी रहेको र सो रकम उखु किसानको खातामा जम्मा गरिदिनुपर्ने, उद्योग सञ्चालकसँग भएको गत वर्षको सम्झौता कार्यान्वय हुनुपर्ने, नेपाल सरकारले तोकिदिएको मूल्य रु ५३५ पूरै उखु किसानले पाउनुपर्ने र उद्योगले उखुको २० प्रतिशत ढाला काट्ने गरेको र त्यो नियमसङ्गत नभएको साथै नियमसङ्गत एक प्रतिशत मात्र ढाला काट्नुपर्नेलगायतका माग राखी किसानले उद्योगमा तालाबन्दी गरेका उखु किसान अन्दोलन समितिका अगुवा मुकेश ठाकुरले बताए ।

    उखु किसानको बाँकी बक्यौता भुक्तानीका लागि आफूहरुले पटक–पटक आग्रह गर्दासमेत उद्योगका सञ्चालक वीरेन्द्र कनौडियाले बेवास्था गरेका कारण उखु किसान तालाबन्दीमा उत्रिन बाध्य भएको गोडैता नगरपालिकाका नगरप्रमुख देवेन्द्र यादवले बताए ।
    उखु किसानको भुक्तानी नदिएर उखु किसानलाई ऋणमा डुबाएर आत्माहत्याको अवस्था सिर्जना गर्ने उद्योगलाई र उद्योगका सञ्चालकलाई कडा कारवाही गरिने नगरप्रमुख यादवले बताए ।

    उखु किसानले उद्योगबाट आफूहरुले रु २० करोड लिन बाँकी रहेको बताइरहँदा उद्योगले रु १६ करोड मात्र रकम उखु किसानलाई तिर्न बाँकी रहेको उद्योग सञ्चालक कनौडियाले बताए । यदि १६ करोड रकम लिन उखु किसान तयार भए आगामी सोमबारसम्ममा उद्योगले भुक्तानी गरिदिने उद्योग सञ्चालक कनौडियाले बताए ।

    रु १४ करोड एक हप्ताभित्रमा र बाँकी रु दुई करोड केही दिनमा आफूले भुक्तानी दिने बताइरहँदा उखु किसानले अराजक शैलीमा उद्योगमा तालाबन्दी गरेको उद्योग सञ्चालक कनौडियाले बताएका छन् । उद्योग स्थापना भएको पहिलो वर्ष भएका कारण करीब रु १० करोड घाटा लागेको उद्योग सञ्चालक कनौडियाले गुनासो गरे । साथै झुटो आवश्वासन दिएर उद्योग सञ्चालन गर्ने तयारीमा उद्योग सञ्चालक रहेको उखु किसान रामसगोरथ रायले बताए ।

    उद्योग सञ्चालक, जिल्ला प्रशासन कार्यालय सर्लाही, जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोली र उखु किसानबीच कात्तिक मसान्तसम्ममा उखु किसानको बाँकी बक्यौता भुक्तानी गरिसक्ने भनी विभिन्न पाँच बुँदे सहमति भएको भए पनि उद्योगले पुसको २० जान लाग्दा पनि भुक्तानी नदिँदा किसान थप चिन्तित बनेका छन् । पटक–पटक सम्झौता मात्र गर्ने तर भुक्तानी नगर्ने गरेका कारण किसान थप आक्रोशित बनेका राष्ट्रिय कृषक समूह महासङ्घका जिल्ला अध्यक्ष सतेन्द्रकुमार ठाकुरले बताए ।

    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

    • 0
    • खुसी

    • 0
    • अचम्मित

    • 0
    • दुःखी

    • 0
    • आक्रोशित

    • 0
    • यस्तै हो

    • 0
    • मन पर्‍यो

    उखु किसान र सरकारबीच ५ बुदे सहमति

    • २०७६ पुष १८ गते, शुक्रबार १९:१२

    एकता पोस्ट पुस १८ उखु किसान र सरकारबीच पाँच बुँदे सहमति भएको छ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको पहलमा भएको वार्तामा पाँच बुँदे सहमति

    आगामी माघ ६ गतेभित्र भुक्तानी पाउने भएपछी किसानहरु घर फर्किन राजी

    • २०७६ पुष १८ गते, शुक्रबार १६:०३

    एकता पोस्ट पुस १८ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आगामी माघ ६ गतेभित्रै मिल मालिकहरुबाट उखु किसानहरुको भुक्तानी गराईनेबारे लिखित सहमति गर्ने प्रतिबद्धता जनाएका

    आगामी माघको पहिलो साताभित्र चिनी मिल र उखु किसानको समस्या समाधान हुन्छ : आपूतिमन्त्री

    • २०७६ पुष १७ गते, बिहीबार १९:०९

    एकता पोस्ट पुस १७ उद्योग वाणिज्य तथा आपूतिमन्त्री लेखराज भट्टले आगामी माघको पहिलो साताभित्र चिनी मिल र उखु किसानको समस्या समाधान हुने बताएका छन् ।