एकता पोस्ट मङ्सिर १३
धरान:व्हाईट हाउस इन्टरनेसनल ईन्स्टिच्युट अफ होटल म्यनेजमेन्टले हालै आफ्नो छैठौ ब्याचको विद्यार्थीहरुलाई बिदाई तथा अवार्ड बितरण कार्यक्रम सम्पन्न गरेको छ। आफ्नो नेपालको अध्ययन पछि थप अध्ययन तथा इन्टर्नसिपका लागि चाईना जानलागेको विद्यार्थीहरुलाई अध्ययन अवधिमा पुर्याएको उनीहरुको दक्षतालाई अध्ययन गरि अवार्ड पनि बितरण गरिएको थियो । अवार्ड पाउने क्रममा छैठौ ब्याचका उत्कृष्ट विद्यार्थीको रुपमा डि एच एम तर्फ धरानबाट रक्षा खडगी , कलनरी आर्ट तर्फ धरानबाट कुशल श्रेष्ठ र इटहरीबाट अलका श्रेष्ठ भएका छन ।
त्यसै गरि बेस्ट ट्यालेन्टेड विद्यार्थीको रुपमा बिन्दु सुब्बाले अवार्ड हात पारिन भने बेस्ट सर्भिस तर्फ बर्षा राई र अलका श्रेष्ठ , बेस्ट डिसिप्लिन तर्फ जुनुकला राई, ज्योति सावदेन,नवल वनेम , राजकुमार पासवान , बेस्ट हाउसकिपिङ तर्फ श्रेया प्रधान र प्रबत बिस्ट, बेस्ट फ्रन्ट अफिस तर्फ प्रेमिशा तामाङ र सायरा गुरुङ , बेस्ट फुड प्रोड्क्सन तर्फ कुशल श्रेष्ठ र नसिमा राईले अवार्ड हात पारेका छन ।
यहाँको अध्ययन समाप्त भएपछि विद्यार्थीहरु आफ्नो आगामी अध्ययन तथा रोजगारिको लागि बिश्वका बिभिन्न उत्कृष्ट तारे होटल मा जानेछन, हाल उनिहरु एक बर्षको लागि चाईना गएपनी यदि विद्यार्थीहरुले अझ बढी अध्ययन गर्नु चाहेमा चार बर्ष नै बसि रोजगारी गर्दै अध्ययन गर्ने अवसर पनि प्राप्त गर्ने छन । होटल ब्यवस्थापनमा आफ्नो छुट्टै पहिचान बनाउन सफल ईन्स्टिच्युटले नेपालबाट सिटिईभिटी तथा बेलायतबाट ओथमको को मान्यता प्राप्त गर्दै आएको छ र हालै यस ईन्स्टिच्युटले बेलायतको ओथम क्वालिफिकेसनको आधिकारिक रुपमा नेपालको लागि सम्बन्धन पनि बितरण गर्ने अधिकार प्राप्त गरेको छ ।
नेपाली सेनाका बख्तरबन्द गाडी सोमबार राति काठमाडौंको चक्रपथ पक्रिमा गरेका छन्। राति १० बजे सितापाइलास्थित सेनाको ब्यारेकबाट निस्केका बख्तरबन्द गाडीले २७ किलोमिटरको चक्रपथ परिक्रमा गरे।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको असंवैधानिक कदम विरुद्ध नेपाल कम्युनिस्ट पार्टी नेकपाले शुक्रबार राजधानीमा विशाल विरोध सभा सम्पन्न गरेको छ । विरोध सभामा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको सेटिङलाई अब जनताले सडकबाट भत्काउने चेतावनी दिएका छन्। प्रचण्ड-नेपाल